News Portal

  • सहकारी पीडितमाथी प्रहरीले गर्यो लाठी प्रहार

    जनगर्जन संवाददाता२०८१ भाद्र १६
    ४६ पटक

    काठमाण्डाै । आज काठमाडौमा सहकारी पीडितले गरेको प्रदर्शनमा प्रहरीले आन्दोलनकारी माथी लाठी प्रहार गरेको छ ।

    विभिन्न सहकारी संस्थाबाट बचत रकम फिर्ता नपाएका सर्वसाधारणको प्रदर्शन भद्रकालीबाट सिंहदरबारतर्फ अघि बढ्न खोजेपछि प्रहरीले लाठी प्रहार गरेको हो । लाठी प्रहारका कारण केही सहकारी पीडित घाइते समेत भएका छन् ।

    जम्मा गरेको बचत फिर्ताका लागि सरकारलाई दबाब दिन झरीको वास्ता नगरेर पीडितले आन्दोलन गरिरहेका छन् । उनीहरूले सहकारी पीडितको घरमा दाल भात समेत पाक्दैन, सुशासनको कुरा गरेर सरकार कहिल्यै थाक्दैन, सहकारी ठगहरू मुर्दावाद लगायतका नारा लेखेको ब्यानर बोकेका थिए ।

    प्रतिकृया दिनुहोस्