News Portal

  • अमेरिकी साम्राज्यवाद राष्ट्रिय स्वाधिनताको मुख्य दुश्मन हो : प्रकाण्ड सी

    जनगर्जन संवाददाता२०८१ भाद्र १५
    २०६ पटक

    काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले अमेरिकी साम्राज्यवाद राष्ट्रिय स्वाधिनताको मुख्य दुश्मन भएको ठोकुवा गरेका छन । पछिल्लोे व्यवस्थाभित्रको संकट समाधान नेपाली विशेषताको समाजवाद वाहेक अर्को विकल्प नभएको पनि ठोकुवा गरेका छन ।

    नेपाल कम्युनिस्ट पार्टी रामेछापको जिल्ला बैठकलाई सम्बोधन गर्न पुगेका प्रवक्ता प्रकाण्ड सीलाई रामेछाप जिल्ला कमिटीले भव्य स्वागत गरेका छन । उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ताले यस्तो ठोकुवा गरेका हुन ।

    प्रवक्ता प्रकाण्ड सीले अमेरिकी साम्राज्यवाद र दलाल पुँजीवादको चपेटाका कारण देश संकटग्रस्त भएको उल्लेख गर्दै अमेरिकी साम्राज्यवाद वर्तमान राष्ट्रिय स्वाधिनताको मुख्य दुश्मन भएको ठोकुवा गरे ।

    उनले जनअधिकार, जनताको समाजवाद र सम्वृद्धिको मुख्यबाधक तत्व दलाल पुँजीवाद भएको ठोकुवा गर्दै राष्ट्र र नेपाली जनताको मुक्तिको निम्ति अमेरिकी साम्राज्यवाद र दलाल पूँजीवादविरुद्ध संघर्ष जरुरी भएको उल्लेख गर्दै एकीकृत जनक्रान्ति सोहि संघर्षको मोर्चा भएको बताए ।

    प्रवक्ता प्रकाण्ड सीले देश र जनतालाई वर्तमान संकटबाट मुक्त पार्न नेपाली जनताको एकताबद्ध पहल र नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व जरुरी रहेको बताए ।

    प्रतिकृया दिनुहोस्