News Portal

  • विप्लव नेतृत्वको नेकपा सहित चार दलको सँयुक्त रणनीतिक मोर्चाको घोषणा आज

    जनगर्जन संवाददाता
    ४१८ पटक

    माघ २९ काठमाण्डौं । विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी नेपाल र रिषी कट्टेल नेतृत्वको नेकपाबीच आज सँयुक्त रणनीतिक मोर्चाको घोषणा हुँदैछ ।

    दिँउसो १२ बजे पछि प्रज्ञा भवनमा एक कार्यक्रमका बीच यो मोर्चाको घोषणाको तयारी गरिएको जनाईएको छ ।यस अघि नै वक्तव्य मार्फत ती दलहरुले ओली सरकारको निरंकुशता, फासीवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध अग्रगामी राजनीतिक निकासको ऐतिहासिक पहलकदमीका निम्ति हामी ४ पार्टीको बीचमा रणनैतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको’ जनाउ दिएका थिए ।

    यस मोर्चाले राजनीतिक दलमाथिको प्रतिवन्ध फिर्ता गर्न समेत माग गर्दै आएको छ । मोर्चाको एक घट्टक नेकपामाथि सरकारले ०७५ साल फागुण २८ देखि प्रतिवन्ध लगाउदै आएको छ ।

     

    प्रतिकृया दिनुहोस्