News Portal

  • पेट्रोलियम पदार्थमा मूल्य वृद्धि ,खाना पकाउने ग्यास पनि महँगियो

    जनगर्जन संवाददाता
    ४४७ पटक

    काठमाण्डौं । भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ ।

    निगमले माघ २८ राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पु¥याएको छ ।

    निगमले  विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको जनाएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको छ ।

    निगमले हवाई इन्धनको मूल्य भने यथावत कायम राखेको छ ।पछिल्लो समय अन्तराष्ट्रय बजारमा मुल्य बढेका कारण निगमले घाटा व्यहोर्दै आएको थियो ।

    प्रतिकृया दिनुहोस्