News Portal

  • युवा संगठन नेपाल पाचौं केन्द्रिय समितिको सचिवालय वैठक विभिन्न निर्णय गर्दै सम्पन्न

    विष्णु विश्वकर्मा२०८१ भाद्र १२
    २९५ पटक

     

    काठमाडौ । युवा संगठन नेपाल पाचौं केन्द्रिय समितिको सचिवालय वैठक मंगलवार पार्टी कार्यालय बुद्धनगरमा समपन्न भएको छ

    संगठनका केन्द्रीय अध्यक्ष दिनेश सीको अध्यक्षतामा वसेको बैठक नेकपाका महासचिव विप्लव सीको प्रमुख आतिथ्यता तथा पार्टी स्थाई कमिटी सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज निवर्तमान युवा संगठन नेपालकी फ्याक्सन इन्चार्ज शिलु सी उपस्थितिमा रहेको थियो ।

    उक्त सचिवालय बैठकलाई सम्बोधन गर्दै पार्टी महासचिव विप्लव सीले युवा संगठनको काधमा नयाँ जिम्मेवारी आएको बताउदै देशमा विदेशी चलखेल बढेकाले राष्ट्रिय स्वाधिनताको लडाई लड्नु पर्ने बताएका छन । युवाहरुले देश आत्मनिर्भर वनाउनका लागि उत्पादनमा सहभागी वन्दै परिणाम निकाल्न समेत निर्देशन गरेका छन ।

    त्यस्तै एकीकृत जनक्रान्ती सवै मोर्चावाट अगाडि वढेको उल्लेख गरेका छन । त्यस्तै स्थाई कमिटी सदस्य शिलु सीले युवा संगठन नेपाल उत्पादन संघर्ष र संगठनका कामहरुमा अगाडि वढ्दै गएकाले अझ निरन्तर र जुझारु रुपमा लाग्नुपर्ने बताएकी छन । देशका युवाहरुमा आएको निरासा हटाउन संगठन आशा लाग्दो किरण वन्नु पर्ने समेत बताएकी छन ।

    वैठकले संगठनको क्षेत्रमा समाजवादी युवामैत्री संगठन सुदृढ तथा विस्तार अभियान -०८१ संचालन गर्ने, अन्तर्कृया गर्ने, एमसीसी विरुद्घ संघर्ष गर्ने, प्रशिक्षण गर्ने तथा उत्पादन लगायतका विषयमा समेत निर्णय गरिएको संगठनका अध्यक्ष दिनेश सीले जनगर्जन अनलाईन लाई बताएका छन ।

    त्यसै गरि हिजोको बैठकले लुम्बिनी प्रदेशको इन्चार्जमा संगठनका उपाध्यक्ष बिश्लेषण सीलाई जिम्मा दिइएको छ भने वागमती प्रदेशको इन्चार्जमा सचिव अनिल सीलाई जिम्मा दिइएको छ ।

    वैठकले युवा संगठन नेपाल केन्द्रिय समितिको फ्याक्सन इन्चार्जमा रहि काम गर्दै आएकी शिलु सीलाई सम्मान गरिएको छ ।

    प्रतिकृया दिनुहोस्