News Portal

  • तनहुँ बस दुर्घटना अपडेट : पोखरामा पोस्टमार्टम गरेर शव आफन्तलाई बुझाउने

    दिनेश विकल्प२०८१ भाद्र ७
    १७२ पटक

    काठमाडौ । शुक्रबार तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहरा नजिकैबाट मर्स्याङ्दी नदीमा खसेर मृत्यु भएका भारतीय नागरिकहरुको शब पोखरामा पोस्टमार्ट गरेर परिवारलाई बुझाउने भएको छ ।

    ४३ जना भारतीय पर्यटक बस तनहुँको ऐना पहरा नजिकैबाट मस्र्याङ्दी नदीमा खस्दा मृत्यु हुनेको संख्या २७ पुगेको छ भने १६ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।

    तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार दुर्घटनामा मृत्यु भएका २७ जनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरेर आफन्त तथा परिवारलाई बुझाउने छ । शव पोखरा ल्याउने तयारी भइरहेको उनले बताए ।

    तनहुँको दमौलीमै पोस्टमार्टम हुने भए पनि भारतीय दूताबासको आग्रहमा पोखरा ल्याउन लागिएको हो । पोखरा भारतीय दूताबासको कन्सुलर कार्यालय रहेकाले पनि उनीहरुले ल्याउन चाहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्