News Portal

  • हिमपहिरोले थुनिएको मुस्ताङको बोक्सीखोलामा पानी बग्न सुरु

    दिनेश विकल्प२०८१ भाद्र ७
    ८० पटक

    बागलुङ ।मुस्ताङ जिल्ला अन्तर्गत धौलागिरि हिमश्रृंखलाको मानापाथी हिमालमा हिमपहिरोले थुनिएको बोक्सीखोलाको पानी बिस्तारै बग्न बग्न शुरु गरेको छ । शुक्रबार दिउँसो गएको हिमपहिरोले मुस्ताङको थासाङ गाउँपालिका २ स्थित बोक्सी खोला थुनिएको थियो ।

    मुस्ताङका डिएसपी भोजराज पाण्डेयका अनुसार , बोक्सीखोला अहिले सामान्य अवस्थामा बग्न थालेको छ । ‘खसेको पहिरो खोंचमा दविएर बसेको छ’ उनले भने, ‘हाललाई खतरा छैन तर हिमपहिरो गएपछि जोखिममा रहेका त्यस क्षेत्रका ९ घरपरिवारलाई सुरक्षित स्थानमा सारिसकिएको छ ।

    प्रतिकृया दिनुहोस्