News Portal

  • मानापाथी हिमपहिरोले थुनियो थासाङ्ग बोक्सीखोला

    दिनेश विकल्प२०८१ भाद्र ७
    १११ पटक

    बागलुङ । मुस्ताङ जिल्लाको धौलागिरि हिमश्रृंखला मध्येको मानापाथी हिमालमा हिमपहिरो जादा थासाङ गाउँपालिका-२ मा बोक्सीखोला थुनिएको छ । यो खोला तल गएर कालीगण्डकी नदीमा मिसिन्छ ।

    थासाङ्ग गाउँपालिकाका प्रवक्ता गौतम शेरचनका अनुसार मानापाथी हिमालमा गएको हिमपहिरो मूलखर्क हुँदै छिप्लुङसम्म आइपुगेको छ । ‘यो हिउँदमा चौरी र वर्षामा गाई चरन हो’ अहिलेसम्म कुनै मानवीय क्षति भएको छैन तर गाईहरुलाई केही भयो कि भन्ने छ त्यो विवरण अझै आउन सकेको छैन।

    सम्पूर्ण खोला थुनिएको हो करिब ८० प्रतिशत जस्तो थुपिएको छ’ उनले भने, ‘एकै पटक आयो भने तल बेली ब्रिजनिर रहेको १०-१२ घरमा क्षति पुग्नसक्छ । हामीले सतर्क गराएका छौं ।’

    मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीका अनुसार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा टोली गएको छ । विस्तारै खोला बग्न थालेको छ । ठूलो मानवीय क्षति नहोला । तर सतर्क रहनुपर्छ ।

    प्रतिकृया दिनुहोस्