News Portal

  • तनहुँ बस दुर्घटना अपडेट : घटनास्थलबाट ३९ जनाको उद्धार, ४ अझै बेपत्ता

    जनगर्जन संवाददाता२०८१ भाद्र ७
    ७९ पटक

    काठमाडौ । तनहुँको आँबुखैरेनी गाउँपालिको ऐनापहरामा भएको बस दुर्घटनामा भारतीय पर्यटक बोकेको बसमा चालकसहित ४३ जना सवार रहेको खुलेको छ ।

    ४३ जना मध्ये ३९ जनाको दुर्घटनास्थलमा उद्धार गरिएको छ भने चार जना अझै पनि बेपत्ता भएका छन् । सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार १४ जनाको मृत्यु भएको छ भने अन्य घाइतेहरुको उद्धार चलिरहेको छ ।

    दुर्घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी दीपककुमार रायले बसमा सवार चालकसहित ४३ जनामध्ये ३९ जनालाई घटनास्थलमा उद्धार गरिएको र चार जना मर्स्याङ्दीमा बेपत्ता रहेको जानकारी दिएक छन ।

    उनका अनुसार १४ जनालाई उद्धार गरी आबुखैरेनी अस्पताल पठाइएको छ ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टका अनुसार केशरवानी परिवहन ट्राभल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो ।

    प्रतिकृया दिनुहोस्