News Portal

  • बागलुङ बडिगाड पहिरो अपडेट :- मृत्यु हुनेको संख्या १० अझै ३ जना बालबालिका बेपत्ता

    दिनेश विकल्प२०८१ साउन २४
    ८४ पटक

    बागलुङ । गत सोमबार परेको अविरल वर्षाको कारण बडीगाड गाउँपालिका-१० आरुपाटामा मङ्गलबार बिहान खसेको पहिरोमा अहिलेसम्म ९जनाको मृत्यु भएको छ भने ३ जना बालबालिकाको अवस्था अझै अज्ञात छ ।

    पहिरोमा परी अज्ञात हुनेमा सात वर्षकी मधु १० वर्षका मनोज बुढा र ११ वर्षका सुमन थापा रहेका छन । उनीहरुको नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी गरिरहेको छ ।

    पहिरवमा ज्यान गुमाएका ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, आठ वर्षीया अमलबुढा, सञ्जु विककी छ महिनाकी छोरी सीता र ७० वर्षीया मैतीदेवी विकको शव फेला परेको थियो । अरु तीन जना बालबालिकाको अवस्था भने अज्ञात रहेको बडीगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले बताएकी छन ।

    पहिरोमा परी १० जना घाइते भएका छन् भने तीमध्ये गम्भीर घाइते १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया सङ्गीता बुढाको काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको अध्यक्ष थापाले जानकारी दिएकी छन ।

    प्रतिकृया दिनुहोस्