News Portal

संघीय समिति अन्तर्गत ६ वटा संसदीय समितिको बैठक बस्दै

जनगर्जन संवाददाता२०८१ साउन २४
२१७ पटक

काठमाडौँ । संघीय संसद अन्तर्गतका ६ वटा संसदीय समितिको प्रतिनिधि सभा अन्तर्गतका ४ र राष्ट्रिय सभा अन्तर्गतका दुई वटा समितिको बैठक आज बस्दैछ।

बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा नेपालको पुँजीबजार सम्बन्धी समसामयिक विषयमा धितोपत्र बोर्डसँग छलफल गर्ने कार्यसूची छ।

कानुन, न्याय तथा मानवअधिकार समिति र राज्य व्यवस्था समितिको बैठक पनि बिहान ११ बजे बस्नेछ।

कानुन समितिको बैठकमा टिआरसी विधेयक र राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकबारे त्यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो साढे १ बजे बस्नेछ। बैठकमा विद्यालय शिक्षा विधेयक २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ।

राष्ट्रिय सभा अन्तर्गतका सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक साढे १२ बजे बस्नेछ।

प्रतिकृया दिनुहोस्