News Portal

  • समस्या देखिएपछी पोखरा उडेको बुद्ध एयरको जहाज बिचबाटै फर्कियो

    जनगर्जन संवाददाता२०८१ साउन १८
    १६८ पटक

    काठमाडौं । आज काठमाडौंबाट पोखराका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौं नै फर्किएको छ।

    काठमाडौंबाट पोखराको लागि उडान भरेको ६५५ कल साइन ९ एन- एएमडीमा प्राविधिक समस्या देखिए पछि बुद्ध एयरले फिर्ता बोलाएको हो ।

    काठमाडौंमा विमान सुरक्षित अवतरण भएको विमानस्थलले जनाएको छ । सो जहाजका यात्रुलाई अर्को जहाजबाट पोखरा पठाउन लागिएको बुद्ध एयरले जनाएको छ ।

    बुद्ध एयरका अनुसार इनरुट मौसममा कारण जनकपुर उडेको जहाज पनि काठमाडौं फर्किएको छ ।

    प्रतिकृया दिनुहोस्