News Portal

  • दलाल पँुजीवाद भनेको लुटेराहरुको कुर्सीको खेल गर्ने यन्त्र होः प्रकाण्ड सी

    वसन्त वि. क.२०८१ साउन १७
    २४६ पटक

    सुुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले दलाल पँुजीवाद भनेको लुटेराहरुको कुर्सीको खेल गर्ने यन्त्र भएको बताएका छन ।

    कालिकोटको भेटघाट सकेर कपिलवस्तुमा सुरु हुने स्थायी समिति बैठकमा सहभागी हुन फर्किने क्रममा विहिवार सुर्खेत पुगेका नेकपाका प्रवक्ता प्रकाण्ड सीले सुर्खेतका पार्टी नेता तथा कार्यकर्ताहरुसंगको भेटघाटमा बोल्दै दलाल पँुजीवाद भनेको लुटेराहरुको कुर्सीको खेल गर्ने यन्त्र भएको बताएका हुन ।

    उनले भने ‘दलाल पुँजीवादी सत्ता जनताको सत्ता होईन, यो सत्ता भनेको दलालहरुको कुर्सीको खेल गर्ने सत्ता हो । यो उनीहरुको यन्त्र हो । यो दलाल पुँजीवादको अन्त्य नगरेसम्म समाजवाद नआउने र जनताले सुख नपाउने निश्चित छ ।’
    उनले दलाला पुँजीवाद रहेसम्म नेपाली जनताको समस्या कहिल्यै पनि समाधान नहुने ठोकुवा गरे । उनले जनताको समस्या समाधानका लागि नेपालमा बैज्ञानिक समाजवाद वा नेपाली विशेषताको समाजवाद चाहिने जिकिर गरे ।

    संसदवादीहरुको सत्ता स्वार्थका कारण नेपाली स्वाभिमानी जनताको सरकारबाट आसा गर्ने ठाउँ नरहेको बताउदै प्रवक्ता प्रकाण्डले भने ‘अस्थिरताको कारकतत्व भनेको दलाल पुँजीवादी व्यवस्था हो, यो दलाल राज्यव्यवस्थावाट इमान्दार एमाले र कांग्रेसका नेता कार्यकर्ता पनि सन्तुष्टि रहेको देखिदैन । केपी ४ पट्क प्रधानमन्त्री भए देशको हालत खराव छ । हाम्रो देशमा धेरै प्रधानमन्त्री हुने तर देश कंगाल हुने गरेको छ ।’
    उनले भने ‘नेपाली जनतालाई दुई ओटा विकल्प चाहिएको छ । एक देशमा नेपाली विशेषताको समाजवाद र अर्को यो देशमा नेकपाको नेतृत्व चाहिएको छ । आजको सहि निश्कर्ष यहि मात्र उपयुक्त हुन सक्छ । एकपटक नेपालमा समजवाद ल्याउन जनताले शान्तिपूर्ण आन्दोलन गर्न आवश्यक रहेको छ । पार्टी समाजवादमा जानको लागि जनतासंग जान तयार हुन आवश्यक छ ।’

    प्रवक्ता प्रकाण्डले पार्टीले समाजवाद ल्याउन जस्तो सुकै बलिदान गर्न पनि तयार रहेको उद्घोष गरे । पार्टीले जनभावना अनुरुप चल्नु पर्ने बताउदै उनले समाजवाद अपरिहार्य भएकाले शान्तिपूर्ण आन्दोलन होस या सशस्त्र आन्दोलन जहाँबाट भए पनि समाजवादका लागि लड्नु पर्ने भनाई राखे । उनले पार्टीको सम्ंवन्ध जनतासंग माछा र पानीको सम्ंवन्ध जस्तो हुनुपर्ने पनि बताए ।

    उनले प्रचण्ड जीले मोदीलाई भेटेपछि सरकार ढाल्ने खेल भएको टिप्पणी पनि गरे । उनले ओली र शेरबहादुर देउवाको गठबन्ध सरकार पनि कति दिन चल्ने भन्ने आयु विदेशीहरुको हातमा रहेको बताए ।

    सो क्रममा नेकपाका केन्द्रीय सदस्य विवेक सी, युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष दिनेश सी, केन्द्रीय सदस्य अर्जुन सी, सुर्खेत पार्टी सचिव जीत सी लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्