News Portal

  • ज्ञानोदय मावि परिसरमा बाढी,पढाई बन्द बिहीवार देखि पठनपाठन सुरु

    जनगर्जन संवाददाता२०८१ साउन १६
    ६५ पटक

    काठमाडौं । हिजो रातिकोको अबिरल वर्षाको कारण काठमाडौंको बाफलमा रहेको ज्ञानोदय मावि परिसरमा बाढी पसेपछि बुधबार पढाइ बन्द गरिएको छ ।

    मंगलबार राति विद्यालयमा मनमति खोलाको बाढी पसेर स्कुल डुबानमा परेकोथियो । उक्त जमेको लेदो महानगरपालिकाको वातावरण विभाग र विद्यालयले सफा गरिसकेकाले बिहीबारदेखि पठनपाठन नियमित हुने सहायक प्रधानाध्यापक प्रेमनारायण श्रेष्ठले बताएका छन ।

    बाढीले भुइँतलामा रहेको नर्सरी, एलकेजी, यूकेजी र १ कक्षाका शैक्षिक सामग्री, खेल सामग्री, कार्पेट, चमेना गृह लगायतमा क्षति पुगेको श्रेष्ठले बताए । ज्ञानोदय मावीमा गत वर्ष पनि बाढी पसेर क्षति पुगेको थियो ।

    प्रतिकृया दिनुहोस्