कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीलाई उनको जन्मगाउँ ‘सी गाउँ माल्कोट’मा भव्य स्वागत गरिएको छ ।
स्थानीयवासीहरुले आफ्नो राष्ट्रियस्तरको नेता धेरै लामो समय पछि जन्मगाउँमा पुगेको भन्दै भव्य स्वागत गरेका हुन ।
हुन त बाँकेमा धान रोपाई गरेर कालिकोट पुगेका प्रवक्ता प्रकाण्डलाई दैलेखबाटै स्वागत हुन थालेको थियो ।
उनलाई दैलेख राकम,कालिकोटको मान्म लगायतका विभिन्न ठाउँहरुमा भव्य स्वागत गरिएको छ ।
तर प्रवक्ता प्रकाण्ड आफ्नै जन्मेको गाउँ माल्कोट सेरापाटा पुग्दा माल्कोटवासी जनताले उनलाई फरक र भव्य ढंगले स्वागत गरे ।
गाउँका वुढा पाका आमा वुवाहरु,युवा युवतीहरु,वालवालिकाहरु र जिल्लाका नेता कार्यकर्ताहरु सहभागी थिए ।
उनीहरुले प्रवक्ता प्रकाण्डलाई भव्य स्वागत गरे । प्रवक्ता प्रकाण्ड लामो समयसम्म विरामी भएर पनि होला जनता भेट गर्न आतुर थिए । प्रवक्ता प्रकाण्ड लामो समय विरामी हुदा जनता तथा शुभचिन्तकहरु चिन्तीत थिए ।
यस्तै राष्ट्रिय राजनीतिमा निरन्तर भेटघाट, घुलमिल भईरहेको एउटा राष्ट्रिय नेता भएकाले पनि केही नयाँ कुरा सिक्ने अपेक्षा जनताको थियो । नेकपाले गर्ने एकीकृत जनक्रान्तिको कुरा पनि जनतालाई चासोको विषय थियो । जसले गर्दा विद्रोहको केन्द्रविन्दु माल्कोटका जनता प्रवक्ता प्रकाण्डको स्वागतका लागि आतुर थिए ।
जनताको भव्य स्वागतपछि प्रवक्ता प्रकाण्डले आईतवारको माल्कोटमा भएको जनसभा कार्यक्रममा जनतालाई धेरै धेरै धन्यवाद दिए । विशेष गरी माल्कोट साम्यवादी जग भएको उद्घोष गरे । किनकी माल्कोटवासीहरुले करिव १ अर्व लागतसम्मको सडक खनेर माल्कोट पुर्याएकोमा धन्यवाद दिए ।
जनयुद्धदेखि एकीकृत जनक्रान्तिसम्म दलालसत्ता विरुद्ध ठुलो संघर्ष गरेको र बलिदान गरेको भन्दै माल्कोटवासी तथा समग्र कालिकोटवासी जनतालाई प्रवक्ताले धन्यवाद दिए ।
स्थानीयवासीले पार्टीको योजनामा करिब १ अर्व रुपैयाको लगातमा खुलालुदेखि माल्कोट सम्म सडक पुर्याएका थिए । जनताको हरेक स्वागत कार्यक्रममा प्रवक्ता प्रकाण्डले सडक पुर्याएकोमा धेरै –धेरै धन्यवाद दिएका छन । शनिवार माल्कोट पुगेका प्रवक्ता प्रकाण्डलाई खुलालु,लालु हुदै माल्कोट पुग्दासम्म ठाउँ –ठाउँमा स्वागत गरिएको हो ।
जनताले आफ्नो नेता गाउँमा आएको भन्दै स्वागत गरेका हुन । जनताको यो स्वागत बैज्ञानिक समाजवादका लागि हो । यो स्वागतले जनताका विरुद्ध भ्रष्टाचार गर्ने, दलाली गर्ने र कमिशन खाने, तथा देश बेच्चे काममा लाग्ने नेताहरुलाई आतंकित पारेको छ । उनीहरुका विरुद्ध गाउँमा जनताले विद्रोह गरिरहेको यो स्वागतले पनि देखाएको छ । देशको बैकल्पिक शक्ति र समाजवादको नेतृत्व गर्न सक्ने शक्ति नेपाल कम्युनिष्ट पार्टी भएकाले जनताले यस पार्टीप्रति निकै भरोसा र माया गरेका छन ।
नेकपाका प्रवक्ता प्रकाण्डलाई ‘सी गाउँ माल्कोट’मा भव्य स्वागत
वसन्त बि क२०८१ साउन १४
- नेपाल-चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प,नेपालमा पनि ठुलो झटका
- अब देखि त्रिभुवन विश्वविद्यालयलेअंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र सोध्ने
- काठमाडौंमा भूकम्पको ठुलो धक्का
- बाजुराको कोल्टीमा प्रशासन कार्यालय स्थापना गर्न माग, छिट्टै माग पुरा गर्ने गृहमन्त्रीको प्रतिबद्धता
- चीन केन्द्रबिन्दु भएर गएको भूकम्पबाट चीनमा कम्तिमा ९ जनाको मृत्यु
- ओलीलाई भीम रावलको प्रश्न : तपाईंकै पालामा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको होईन ?
- नेकपा चुनावमा जाने भएपछि लुटेराहरुको मथिङ्गल हल्लिएको छ : विप्लव सी
- बाहिरै बसेर पुर्पक्ष गर्ने व्यवस्था होस,पीडितको बचत फिर्ता ल्याउन पहल गर्छु, : रवि लामिछाने
- २९ औं दिलमाया वीरता (बेथान)स्मृति दिवस बाँकेमा मनाईयो
- रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश