News Portal

  • शव अन्त्येष्टि गरेको ६ दिन पछि किन निकालियो?

    जनगर्जन संवाददाता२०८१ साउन १३
    १६४ पटक

    काठमाडौ । गण्डकी प्रदेश अन्तर्गत गोरखामा दाहसंस्कार गरेको ६ दिनपछी शव निकालिएको छ।

    गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ भण्डारी गाउँकी ४५ वर्षीया रनमाया गुरूङ साउन ४ गते राति १२ बजे आफ्नो घरभित्रै मृत अवस्थामा फेला परेकी थिइन्।

    मृतक गुरुङले आत्महत्या गरेको श्रीमान् मारज गुरूङले बताएपछि गाउँलेहरूले साउन ५ गते जातीय परम्पराअनुसार शव जमिनमा गाडेर अन्त्येष्टि गरेको खुल्न आएको छ ।

    घटना शंकास्पद रहेको भन्दै मृतकका दाजु सुकपाल गुरूङले प्रहरी चौकी सौरपानीमा साउन १० गते उजुरी दिएपछी उजुरीका आधारमा शव उत्खनन् गरिएको प्रहरेको भनाई रहेको छ ।

    साउन ११ गते जिल्ला प्रहरी कार्यालय र प्रहरी कार्यालय जोबारी तथा गोरखा अस्पतालबाट विशेषज्ञ चिकित्सक समेतको टोली घटनास्थल पुगेर शव निकालेको छ हो ।

    प्रतिकृया दिनुहोस्