News Portal

  • विद्यालयले सस्तोमा लिएर महँगोमा दिदैछ माछा पोखरी भाडामा

    जनगर्जन २०८१ साउन ११
    ९३ पटक

    धनगढी । कैलालीको घोडघोडी नगरपालीका वडा नम्बर–३ सुखड निम्दी स्थित श्री सरस्वती आधारभुत बिद्यालयको ४ बिघा १० कट्टा जग्गामा रहेको माछा पोखरी सस्तोमा भाडामा लिएर अर्को पक्षलाई महङगोमा भाडामा दिएको पाईएको हो ।

    २०७४ साल बैशाख देखि लागु हुनेगरी १८ बर्षको लागि बार्षिक १ लाख ७० हजार भाडा विद्यालयलाई दिने गरी लिएको उक्त माछा पोखरी बार्षीक ७ लाखमा अर्कैलाई दिएको पाइएको हो ।

    स्थानीय खडक बहादुर बोगटी र रबिलाल आचार्यले बार्षीक १ लाख ७० हजार भाडा तिर्ने गरी लिएको पोखरी प्रदीप शाहसंग बार्षिक ७ लाख पाउने गरि भाडामा दिएको पाइएको हो। विद्यालयको सम्पती यसरी कौडीको भावमा प्रयोग गरिएको पछि नेपाल कम्युनिष्ट पार्टी कैलालीले छलफल गरेको छ ।

    नेपाल कम्युनिष्ट पार्टी कैलाली जिल्ला ईन्चार्ज प्रकाश सिले छफफल गरिएको बताउदै उक्त ठेक्का रद्ध गरिने जानकारी गराए । प्रत्येक ६÷६ बर्षमा १० प्रतिशतका दरले भाडा वृद्धि गर्ने गर्रि बार्षीक १ लाख ७० हजारमा भाडामा लिएका बोगटी र आचार्यले बार्षीक ७ लाख लिने गरी अर्को पक्ष प्रदीप शाहलाई ठेक्कामा दिए पछि बिधालय प्रशासन र ब्यबस्थापन समितिसंग े छलफल गरेर ठेक्का रद्ध गर्ने सहमती भएको उनले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्