News Portal

  • सौर्य एयरलाइन्स दुर्घटना – परिवारले बुझ्दै शव

    जनगर्जन २०८१ साउन ११
    १३९ पटक

    काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा निधन भएकाहरूको शव आजबाट उनिहरुको परिवार तथा आफन्तहरूलाई बुझाउन थालिएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा गत बुधबार भएको सौर्यको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा १७ नेपाली र १ विदेशी रहेका थिए भने क्याप्टेन मनीषरत्न शाक्य बाँचेका थिए। क्याप्टेन शाक्यको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको स्वास्थ्य सुधारोन्मुख रहेको र अहिले आईसियुबाट बाहिर निकालिएको चिकित्सकहरूले बताएका छन्।

    जहाज दुर्घटनामा परेका १८ जनाको शव पोस्टमर्टम गरि सकिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ। शुक्रबार अपराह्नदेखि शव परिवार र आफन्तहरूलाई बुझाउन थालिएको हो।

    चार जनाको शव आफन्तले बुझिसकेका छन्। को-पाइलट सुशान्त कटुवाल, राजाराम आचार्य, अस्विन निरौला र श्याम बिन्दुकरको शव आफन्तले बुझेको त्रिवि शिक्षण अस्पताल स्रोतले जनाएको छ।

    प्रतिकृया दिनुहोस्