News Portal

  • नेकपा निकट अखिल समाजवादीले गर्योउपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालय घेराउ

    जनगर्जन २०८१ साउन ९
    १८३ पटक

    काठमाडौं । नेकपा निकट विद्यार्थी संगठन अखिल समाजवादीले आज त्रिभुवन विश्वविद्यालयका पदाधिकारी उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालय घेराउ गरेको छ ।


    त्रिविको लापरबाहीले २०८० वैशाखमा सञ्चालन गरेको स्नातक तह पहिलो वर्षको स्वास्थ्य तथा जनसंख्या विषयको १६५ थान र फाउन्डेसन अफ एजुकेसनको १७६ थान उत्तरपुस्तिका गायब पारेको थियो ।

    त्रिविले पूर्व रजिस्ट्रार डा. चन्द्रमणि पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । उक्त समितिले बुझाएको प्रतिवेदनले दोषी करार गरेका व्यक्तिलाई तत्काल कारबाही गर्न माग गर्दै संगठनले पदाधिकारीको कार्यालय घेराउ गरेको हो ।

    संगठनका अध्यक्ष नरेन्द्र सीले भने ‘प्रतिवेदनले दोषी ठहर गरेको परीक्षा नियन्त्रक, सहनियन्त्रक लगायत गैरजिम्मेवार कर्मचारीलाई तत्काल आवस्यक कानुनी कारबाही गर्नुपर्ने बताएका छन ।’यदि कारबाही नै नगर्ने हो भने छानबिन समितिको गठन गर्नुको कुनै औचित्य नरहेको भन्दै छानबिन समिती आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्