News Portal

  • युवा संगठन नेपालद्वारा कालिकोटको पचालझरनामा कृषि कार्य सुरुवात

    स्थानिय बासीहरुको सहयोग मा युवासंगठन ले आयोजना गरेको कार्यक्रममा करिव २ बिगाहा जमिनमा कोदो र १ बिगाहा जमिनमा सिमी खेती गर्ने योजना रहेको छ।

    विष्णु विश्वकर्मा२०८१ साउन ६
    ४१७ पटक

    कालिकोट । “श्रमलाई सम्मान गरौ उत्पादनलाई वढाऔ ! हिमाल पहाड तराई वाझो जमिन जोतौ” भन्ने मुलनारा सहित नेकपाको सहायक संगठन युवा संगठन नेपाल को केन्द्रीय समितीको आयोजना मा कालिकोट जिल्ला पचालझरना गाउपालिका वडा न ७ मा कोदो तथा सिमी रोपाई कार्यक्रमको उद्घाटन सम्पन्न भएको छ ।

    नेकपा केन्द्रीय सदस्य तथा पचालझरना गाउकमिटी ईन्चार्ज क. रणदिप सी को प्रमुख आतिथ्यतामा युवा संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य तथा कर्णालि प्रदेश ईन्चार्ज क. मिनेश सी, जिल्ला कमिटी सचिवालय सदस्य क. दिलमान सी, गाउकमिटी सेक्रेटरी क. लोचन सी, युवा संगठनका केन्द्रीय सदस्य मनिता सी,लगायत कालिकोटका सम्पुर्ण जिल्ला पधादिकारीहरु लगायत स्थानिय जनसमुदायको सहभागितामा सम्पन्न भएको छ ।

    कार्यक्रममा प्रमुख अतिथी क. रणदिप सी ले कोदो रोपेर उद्घघाटन गर्नु भएको थियो । स्थानिय बासीहरुको सहयोग मा युवासंगठन ले आयोजना गरेको कार्यक्रममा करिव २ बिगाहा जमिनमा कोदो र १ बिगाहा जमिनमा सिमी खेती गर्ने योजना रहेको छ।

    उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी क. रणदिप ले समाजवादको पहिलो आधार भनेको नै कृषि क्षेत्र भएको ले कृषि क्रान्ती बाट नै देश आत्मनिर्भर हुने बताएका छन । कार्यक्रम करिव ४ दिन सम्म चल्ने युवा संगठनका प्रदेश ईन्चार्ज क. मिनेश ऐडीले बताएका छन ।

    प्रतिकृया दिनुहोस्