News Portal

  • नेकपाको काधमा महत्वपूर्ण जिम्मेवारी आएको छ:-प्रकाण्ड

    जनगर्जन २०८१ साउन ३
    १८३ पटक

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य एवं पार्टी प्रबक्ता प्रकाण्ड सीले नेपाल कम्युनिस्ट पार्टीको काँधमा महत्त्वपूर्ण जिम्मेवारी आएको बताएका छन ।

    बुधबार राति प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले सो कुरा बताएका हुन्।

    पार्टी प्रवक्ता प्रकाण्ड सीले संसदवादी दल र नेतावाट देश र जनताको मुक्ति सम्भव नहुने बताउदै संसदीय राजनीतिमा भएका सबै दल र नेताहरु टेस्टेड भै सकेको बताए । अहिले देशमा भएको समस्यामा संसदवादी दल र नेताहरुको कतै न कतै,कुनै न कुनै रुपमा संलग्नता भएको समेत बताएका छन ।

    पार्टी प्रवक्ता प्रकाण्ड सीले देशको विद्यमान अवस्था असाध्यै जटिल र संकटग्रस्त भएको बताउदै यसकारण देशमा अनिवार्य रुपमा क्रान्तिकारी कम्युनिस्ट हरुको नेतृत्व आवश्यक रहेको बताएका छन । उनले अहिलेको राज्य व्यवस्थालाई परिमार्जन वा बिकास गरेर अर्थात नयाँ ठाउँमा पुर्याएर नेपाली जनताको चाहना बमोजिमको समाजवादी व्यवस्था स्थापना गर्नुको बिकल्प छैन ।

    प्रवक्ता प्रकाण्ड सीले नेपाल कम्युनिस्ट पार्टीको जन्म नै देश र जनताका बिरुद्ध हुने अपराधसंग संघर्ष गर्दा गर्दै भएको बताउदै नेकपाको अहिले राष्ट्रियरुपमा भएको लोकप्रियता र जनताको आकर्षणको कारण पनि यहि भएको बताए । उनले नेकपाले तत्कालिन सरकारसंग ३ बुँदे सहमति गरिसकेपछि राष्ट्रिय राजनीतिको जटिलतालाई दृष्टिगत गरेर नयाँ मोर्चा खोलेको बताउदै नयाँ मोर्चा खोलेपछि राष्ट्र र जनघातीसंगको संघर्ष राजनीतिक बनेको र जनसंघर्ष नपुगेको बताउदै त्यसतर्फ छिट्टै पार्टीले कदम चाल्ने बताए ।

    प्रवक्ता प्रकाण्ड सीले संसदीय व्यवस्था र निर्वाचन प्रणाली रहेसम्म सुशासन, देशको विकास र भ्रष्टाचार अन्त्य नहुने ठोकुवा गर्दै भने- ‘संसदवादी दलको बीचमा सत्ता र कुर्सीको निमित्त मुख्य लडाइँ पर्ने, त्यो असाध्यै दुस्मनीपूर्ण ठाउँमा पुग्ने छ । यसले सायद कांग्रेस–एमालेको अहिले बनेको गठबन्धनलाई पनि सजिलै जान दिन्छ जस्तो लाग्दैन । यो देशमा दलाल तत्वहरु छन् । यो देशमा सत्ता र कुर्सीको खेल गर्ने, त्यो खेलका निमित्त देश र जनतालाई दाउमा हान्ने तत्वहरु त छन् । ती तत्वहरुले खेल गर्छन् ।

    प्रवक्ता प्रकाण्ड सीले एमाले २०४७ सालदेखि पटक–पटक सत्तामा गएर केही पनि गर्न नसकेको भन्दै एमालेले गम्भीर समीक्षा गर्नुपर्ने बताए । उनले अहिलेको संसदीय व्यवस्था र निर्वाचन प्रणाली रहेसम्म सुशासन, देशको विकास र भ्रष्टाचार अन्त्य नहुने बताए । उनले वर्तमान संविधानले उत्पीडित वर्ग, क्षेत्र, समुदाय र महिलाहरुको प्रतिनिधित्व गर्न नसक्ने बताएका छन ।

    प्रतिकृया दिनुहोस्