News Portal

  • बागलुङ प्रशाासनले उठायो झण्डै ६ करोड राजश्व

    जिल्ला प्रशाासन कार्यालय बागलुङले अघिल्लो आर्थिक वर्षमा राहदानीबाट मात्रै झण्डै ६ करोड रुपैयाँ राजश्व संकलन गरेको छ ।

    दिनेश विकल्प२०८१ साउन ३
    १०० पटक

    बागलुङ । जिल्ला प्रशाासन कार्यालय बागलुङले अघिल्लो आर्थिक वर्षमा राहदानीबाट मात्रै झण्डै ६ करोड रुपैयाँ राजश्व संकलन गरेको छ ।

    राहदानीसहित अन्य विभिन्न शिर्षकबाट ५ करोड ८७ लाख ५८ हजार ४ सय २५ रुपैयाँ राजश्व संकलन गरेको हो ।

    राजश्वमा राहदानीको योगदान हेर्दा जिल्लाबाट वैदेशीक रोजगारी र उच्च शिक्षाको लागि विदेशीनेको संख्या बढी रहेको छ। २०८०।८१ मा नागरिकता भन्दा राहदानी बनाउने धेरै छन् । चालु आ.व. को असार मसान्तसम्म ८ हजार ४११ जनाले नयाँ नागरिकता बनाएका छन् । १३ हजार ५९ जनाले राहदानी बनाएका छन् । प्रशासनका अनुसार जिल्लामा नयाँ नागरिकता बनाउनेभन्दा ४ हजार ६४८ जना बढि नागरिकले राहदानी बनाएको तथ्यांक रहेको प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले जानकारी दिए ।

    जिल्लामा बैबाहिक अंगिकृत नागरिकता लिने १० र गैरआवसीय नेपाली नागरिकता लिने २१ जना छन् । नागरिकताको प्रतिलिपि लिनेको संख्या बढि रहेको छ । सुवेदीका अनुसार चालु आर्थिक वर्षमा कुल ६ हजार ६९२ जनालाई नागरिकताको प्रतिलिपी प्रदान गरिएको छ । नयाँ नागरिकताको हिसाबमा प्रतिलिपि भने बढि नै भएको र यसको कारणको खोजी गरिएको प्रजिअ सुवेदीले बताए ।

    नाबालक परिचय पत्र बनाउनेको संख्या १ हजार २३७ जना छन् । राहदानी बनाउन आउने अधिकांश नागरिकले आफ्ना छोराछोरी पनि सँगै विदेश लैजान नाबालक परिचय पत्र बनाएर राहदानी गराउने गरेका छन् । राहदानी लिनेको संख्या बढेसँगै राजस्व संकलन पनि वृद्धि आएको छ । प्रशासनका अनुसार राहदानीसहित अन्य विभिन्न विषयमा कुल ५ करोड ८७ लाख ५८ हजार ४२५ रुपैयाँ राजश्व संकलन भएको हो ।

    चालु वर्षको अन्तिमसम्म जिल्लामा कुल १९ हजार ७४५ परिचयपत्रको विवरण दर्ता भएको र १ हजार ३२२ परिचयपत्र वितरण भएका छन् । प्रशासनले यस वर्ष ५ करोड ३२ लाख ३२ हजार १० रुपैयाँ क्षतिपुर्ति तथा राहत वितरण गरेको छ । बैदेशिक रोजगारीको क्षतपुर्ति बापतको कुल ४६ लाख ३४ हजार ९६ रुपैयाँ राहत प्रदान गरेको सहायक प्रजिअ चित्रांगत बरालले जानकारी दिए । त्यसैगरी १५ लाख ६१ हजार रुपैयाँ विपद राहत र द्धन्दपिडितका लागि ५४ हजार रुपैयाँ राहत वितरण गरिएको छ । कार्यालयको समन्वयमै ४० लाख ५० हजार सडक दुर्घटनाको विमाबापतको भुक्तानी गरिएको छ ।

    प्रशासनले २४ वटा मुद्धा दर्ता भएकोमा २२ वटा फैसला गरेको छ भने ८६ वटा विभिन्न उजुरी दर्ता र कारबाही गरेको छ । त्यसैगरी २७ वटा नयाँ संस्था दर्ता भएका छन् भने, १६९ वटा संघ संस्था नविकरण भएको कार्यालयको तथ्यांक रहेको छ । जिल्लामा ३१३ वटा अपराधिक घटना भएको प्रमुख जिल्ला अधिकारी सुवेदी बताउँछन् । कार्यालयको सत प्रतिशत भौतिक प्रगती भएको छ भने ९९.३० प्रतिशत वित्तिय प्रगती भएको छ ।

    प्रतिकृया दिनुहोस्