News Portal

  • नेकपा लुम्बिनी प्रदेशले ३ बिगाहमा  धान रोपाइँ  सुरु गरेको छ ।

    रामबहादुर बुढा२०८१ साउन २
    १९१ पटक

    कपिलवस्तु : साउन २ बुधबार  कपिलवस्तुको जिल्लाको वाणगंगा नगरपालिका वडा न: ११ को ३ बिगाहमा लुम्बिनी प्रदेश उत्पादन विभाग र कपिलवस्तु जिल्लाको संयुक्त आयोजनामा आजबाट रोपाइँ सुरु भएको जनाएका हुन

    नेकपाका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज सन्तोष सीको प्रमुख उपस्थितमा लुम्बिनी प्रदेश उत्पादन बिभाग प्रमुख र्पार्टीका पि बि एम संजिव सी कपिलवस्तु जिल्ला इन्चार्ज तथा पार्टी सि सि एम संगम सी सिसिएम सुनिल सी कपिलवस्तु जिल्ला सचिव पावेल सी केन्द्रीय प्रतिनिधि सदस्यीय दिपक सी  सुस्मा सी र सागर सी लगाएत प्रदेश र जिल्ला स्तरिय नेता कार्यकर्ताको गरि ५० जनाको उपस्थिति रहेको छ।


    नेकपाको केन्द्रीय नीति अन्तर्गत, ´श्रमलाई सम्मान गरौं! श्रम संस्कृतिको निर्माण गरौं !!`- भन्ने मूल नाराका साथ सुरु भएको एकीकृत उत्पादन प्रणाली यतिखेर देशैभर जारी छ ।
    नेकपाको नवौं महाधिवेशनले पारित गरेको एकीकृत उत्पादन प्रणाली, आत्मनिर्भर देश, आत्मनिर्भर पार्टी र आत्मनिर्भर नेता कार्यकर्ता अभियानले तिब्रता पाएको छ । राजनीतिक वैचारिक कामसङ्गै उत्पादन र श्रम संस्कृतिलाई पनि एकैसाथ लैजानु पर्ने जोडबलका साथ असार १० गतेदेखि असार अन्तिमसम्म करिब २० दिन  देशभरका सम्पूर्ण पार्टी कमिटी, नेता कार्यकर्ता र जनवर्गीय संगठनहरुलाई उत्पादन बिदा समेत दिइएको छ । संसदवादी दलहरुको राजनीतिक खिचातानीलाई नजिकबाट नियाल्दै नेकपाका महासचिव विप्लवसहित स्थायी समिति, केन्द्रीय समिति, प्रदेश समिती लगायत जिल्ला समिति र जबस मोर्चाहरु सबै उत्पादनमा व्यस्त भएको पार्टीका प्रदेश समितिका उत्पादन बिभाग प्रमुख संजिव सिले जानकारी दिनु भएको छ ।

    प्रतिकृया दिनुहोस्