News Portal

  • अविरल वर्षाका कारण बल्खु तरकारी बजार डुबानमा

    जनगर्जन संवाददाताशनिबार ,असार २१,२०८१
    १७६ पटक

    काठमाडौँ । देशभर हिजोदेखी मौसम सक्रिय रहेको छ । काठमाडौँ उपत्यकामा शुक्रबार देखि निरन्तर रुपमा अविरल वर्षा परिरहेको छ । वर्षाका कारण काठमाडौ,भक्तपुर, लगायतका विभिन्न क्षेत्रहरू डुबानमा पर्ने क्रम जारी रहेको छ ।

    यसैक्रममा बल्खुको तरकारी बजारमा पनि पानी पसेको छ । बाटो भन्दा तल तरकारी बजार रहेको हुदा बाटोको ढलपानी पसेपछि व्यापारीहरू आफ्नो मालसामान जोगाउन हस्याङफस्याङ गरिरहेका छन् ।वर्षा सुरु हुनु अगाबै डुबान भैरहेको र निरन्तर रहिरहे अझै ठूलो क्षति हुने बताएका छन ।

    प्रतिकृया दिनुहोस्