News Portal

  • प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिन कांग्रेसको आग्रह

    जनगर्जन बुधबार ,असार १९,२०८१
    १०१ पटक

    काठमाडौ । आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले एमालेसँगको समझदारीलाई अनुमोदन गरेको हो ।

    बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पहिलो चरणमा सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने जानकारी दिए । त्यसपछि दोस्रो चरणमा निर्वाचन सम्पन्न नभएसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने उनले बताए ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न पनि कांग्रेसले आग्रह गरेको छ ।

    कांग्रेस र एमालेले प्रचण्डलाई हटाएर नयाँ सरकार बनाउने समझदारी असार १७ गते गरेका थिए । त्यतिबेलै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी भएको अनौपचारिक रुपमा सार्वजनिक भएको थियो ।

    प्रतिकृया दिनुहोस्