News Portal

  • २१औं राष्ट्रिय धान दिवस उत्सव कि रहर?चितवनमा प्रधानमन्त्री रोपार, शीतल निवासमा राष्ट्रपति बाउसे

    चितवनमा प्रधानमन्त्री पुष्पकमल दाहाल जोताहार(हली)शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल रोपार गर्दै

    जनगर्जन संवाददाताबिहिवार ,असार १५,२०८१
    ८९ पटक

    काठमाडौँ । आज २१औं राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रमका साथ मनाईरहेका छन। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) धान दिवसको अवसरमा आयोजित रोपाइँ कार्यक्रममा सहभागी भएका छन् । शनिबार राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्ड धान दिवसको अवसरमा आयोजित छुट्टाछुट्टै रोपाइँ कार्यक्रममा सहभागी भएका छन ।

    राष्ट्रपति पौडेल शीतल निवासमा आयोजित धान रोपाइँ कार्यक्रममा सहभागी भएका थिए । उनले धान रोपाइँका क्रममा बाउसे गरेका थिए ।

    उता चितवनमा भने, प्रधानमन्त्री प्रचण्ड चितवनको भरतपुरमा आयोजित धान दिवस तथा रोपाइँ महोत्सवमा सहभागी भएका छन् । अहिलेको आधुनिकीकरणको युगमा प्रविधिको प्रयोग गर्दै प्रधानमन्त्री प्रचण्डले त्यहाँ मेसिनमार्फत धान रोपेका हुन् । प्रधानमन्त्री प्रचण्ड सहभागी धान रोपाइँ महोत्सवमा भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल लगायतको सहभागिता रहेको थियो ।
    janagarjan.com

    प्रतिकृया दिनुहोस्