News Portal

  • अवहेलना मुद्दामा तीन दिन भित्र लिखित जबाफ पेश गर्न प्रचण्डलाई सर्वोच्चको आदेश

    जनगर्जन संवाददाता
    ४६३ पटक

    माघ २१ काठमाडौँ । सर्वोच्च अदालतले नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डलाई अदालतको अवहेलना सम्बन्धि मुद्धामा तीन दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

    प्रचण्ड विरुद्ध सर्वोच्चमा परेको अदालतको अवहेलना रिटमाथि न्यायाधीश मनोजकुमार शर्माको एकल ईजलाशले आज लिखित जवाफ माग गर्ने आदेश गरेको हो ।

    अधिवक्ता समीर हायूले प्रचण्ड बिरुद्ध सोमबार निवेदन दर्ता गरेका थिए ।निवेदनमा प्रचण्डले सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा विभिन्न सभाहरूमा बोल्नुका साथै न्यायाधीशहरूलाई लक्षित गरेर अभिव्यक्ति दिएको उल्लेख छ ।

    यस अघि अवहेलना मुद्धामा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना र चार पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध पनि अवहेलना मुद्दा दर्ता भएको छ । उनीहरूलाई आफै उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश भइसकेको छ ।

    प्रतिकृया दिनुहोस्