News Portal

  • सेनाका बख्तरबन्द गाडीहरु काठमाडौंका सडकमा ‘परेड’

    जनगर्जन संवाददाता
    ३१९ पटक

    १८ माघ, काठमाडौं । नेपाली सेनाले आफ्ना बख्तरबन्द गाडीहरुलाई सोमबार राति १० बजेपछि सडकमा निकालेको छ । चक्रपथ क्षेत्रमा हतियारसहितका गाडीहरू कुदाइएको हो ।

    जंगीअड्डाले यसलाई मेकनाइज्ड युनिटबाट भएको नियमित अभ्यास भनेको छ ।जानकारहरुका अनुसार लामो समयदेखि सेनाले बख्तरबन्द गाडीहरु यसरी सडकमा निकालेर अभ्यास गरेको छैन । प्रतिनिधिसभा विघटनसँगै राजनीतिक अवस्था तरल रहेको बेला सेनाले बख्तरबन्द गाडीको अभ्यास गर्नु अर्थपूर्ण भएको उनीहरु बताउँछन् ।

    जंगीअड्डाले भने विनाजानकारी बख्तरबन्द गाडी सडकमा निस्किँदा नागरिकस्तरमा नकरात्मक सन्देश जान सक्ने भएकाले पहिल्यै सूचना प्रवाह गरेर अभ्यास गरिएको भनेको छ । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले यसलाई नियमित अभ्यासको रुपमा मात्र हेरिदिन भनेका छन् ।

    प्रतिकृया दिनुहोस्