News Portal

  • कहाँ छन त जिबि राई पत्ता लागिसक्यो, कसरी ल्याउने छलफल हुदैछ :- गृहमन्त्री लामिछाने

    जनगर्जन संवाददाता२०८१ आषाढ ७
    ८२ पटक

    काठमाडौ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य आरोपी जिबी राईलाई कसरी नेपाल ल्याउने विषयमा छलफल भइरहेको बताएका छन्।

    आज श्री एयरलाइन्सको उडान परिक्षण कार्यक्रम चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले आफू मलेसियाका गृहमन्त्रीसँग लगातार सम्पर्कमा रहेको बताउदै जिबि राई मलेसिया रहेको र मलेसियामा राई रहेको ठाउँ पत्ता लागिसकेको उनले बताएका छन ।

    सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछाने र सहकारी ठग जिबि राईको कारण राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा पत्र बोकेर हिँडेको भन्ने पत्रकार को प्रश्नमा यस्ता अभिव्यक्तिका कारण सरकार वा गठबन्धनमा समस्या आएको भन्ने कुरामा कुनै सत्यता नभएको बताए। उनले भने, ‘हामीले सुरु देखि नै राम्रो काम गर्न सकिएन भने सत्तामा टाँसिएर बस्न हुँदैन भन्दै आएका छौँ र टासिनु पनि हुदैन´।

    गृहमन्त्री लामिछानेले आफ्ना पार्टीका मन्त्रीहरूलाई केही गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी रहेको र राजीनामा पत्र त्यो हुटहुटीको प्रतिबिम्ब भएको उल्लेख गरे। प्रहरी महानिरीक्षक फेर्ने कुरामा सत्यता नभएको उनको भनाइ थियो।

    प्रतिकृया दिनुहोस्