News Portal

  • बेपत्ता योद्धा सार्वजनिक गर्न सकेनौ, क्षमा चाहान्छौः हितराज पाण्डे

    वसन्त वि. क.२०८१ आषाढ ५
    ८६ पटक

    काठमाडौं । नेकपा (माओवादी) केन्द्रका नेता तथा संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले माओवादी बेला –बेला सरकारमा गएर पनि जनयुद्धका बेपत्ता योद्धाहरु सार्वजनिक गर्न नसेकोप्रति क्षमा याचना गरेका छन ।

    काठमाडौको प्रज्ञा भवनमा बेपत्ता परिवार समाज र विपिन भण्डारी फाउण्डेसनले आयोजना गरेको ‘बेपत्ता नागरिक सार्वजनिककरण र शान्ति प्रक्रिया’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सोमवार सम्बोधन गर्दै प्रमुख सचेतक पाण्डेले बेपत्ता योद्धाहरुको सार्वजनिक गर्न नसकेकोमा क्षमा याचना गरेका हुन ।

    उनले जनयुद्धका सहिदहरुको नामहरु राजपत्रमा प्रकाशित गरेर राष्ट्रिय सहिद घोषणा गर्न सफल भएपनि बेपत्ता योद्धाहरु सार्वजनिक गर्न नसकिएको स्वीकार गरे । उनले माओवादीले मात्र एक्लै चाहेर पनि शान्ति प्रक्रियाका कामहरु गर्न नसकेको र टिआरसी विद्येयक अट्किएर बसेको जानकारी दिए ।

    उनले भने ‘निरासा हुनु हुदैन,हामी लडिरहेका छौ, टिआरसी विद्येयक पास गरेर शान्ति प्रक्रियाका कामहरु पुरा गर्छौ,वेपत्ता योद्धाहरुको अवस्था पनि सार्वजनिक गर्छौ ।’

    प्रतिकृया दिनुहोस्