News Portal

  • पहिरोको कारण पृथ्वी राजमार्ग अन्तरगत डुम्रे–बेँसीसहर सडक अवरुद्ध

    जनगर्जन संवाददाता२०८१ आषाढ ५
    १२७ पटक

    काठमाडौ । लामो समयको खडेरी पश्चात् गए रातिदेखिको निरन्तर वर्षाको कारण डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । बेँसीसहर नगरपालिका–१ दलालमा लेदो सहितको पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चापाईंले जानकारी दिए।

    सडक खुलाउन प्रहरी टोली परिचालन भए पनि पानी निरन्तर परिरहेकाले समस्या भएको उनले बताए । वर्षाको कारण सडक अवरुद्ध हुँदा सवारी साधन तथा यात्रु अलपत्र परेका छन् ।

    बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवनलगायतका स्थानमा जाने यात्रु र सो स्थानबाट बेँसीसहर र बेँसीसहर हुँदै हिमाली जिल्ला मनाङ जाने यात्रु समस्यामा परेका हुन् । बिरामी बोकेको एम्बुलेन्ससमेत रोकिएका छन् । डुम्रे–बेँसीसहर ४२ किलोमिटर रहेको छ । यस वर्ष यो सडक पहिलोपटक अवरुद्ध भएको हो ।

    प्रतिकृया दिनुहोस्