News Portal

नेपालमा पनि मनाइयो बकर इद

जनगर्जन संवाददाता२०८१ आषाढ ४
१३८ पटक

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूले दोस्रो महान् पर्व बकर इद (इदुल जोहा)आज देशैभर मनाइरहेका छन् ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७० औं दिनमा मनाइने बकर इदको दिन मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्दछन् ।

नेपालमा रहेका इस्लाम धर्मावलम्बीहरूले पनि नजिकै को जामे मस्जिदमा पुगेर सामूहिक रुपमा नमाज पढेका छन् । नमाज पढिसकेपछि एकआपसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन रहेको छ । यो पर्वको अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम धर्म गुरुहरु बताउँछन्

प्रतिकृया दिनुहोस्