News Portal

  • हामी सरकार संग मिलेर काम गर्न चाहन्छौ: विप्लव सी

    हामीलाई साथ दिनुहोस् । हामीमा कहिल्यौ पनि विचलन आउने छैन । विचलन आउने बेलामा त हामी विचलित भएनौं । कसैको प्रभावमा परेनौं । अहिले त हामीले धेरै अगाडि बढिसकेका छौं । यसलाई तपाईंले साथ दिनुभयो हामी सफल हुन्छौं । देशलाई नै सफल बनाउँछौं ।’

    विष्णु विश्वकर्मा२०८१ आषाढ २
    १६४ पटक

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले  शनिबार जनश्रम कृषि सहकारी संस्था लिमिटेडले गरेको ‘कृषिमा लगानी र एकीकृत स्वामित्व प्रणाली’ विषयक अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै  आफुहरु सरकार संग मिलेर काम गर्न  चाहेको बताएका छन ।

    उक्त  कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले भने ,अर्थतन्त्र निर्माणको सम्बन्धमा राज्य अलमलिरहेको छ ।  आगामी आर्थिक वर्षको बजेटले सरकारमा सहभागी दलका प्रभावशाली नेताहरूले नै आलोचना गरिरहेकाले नागरिकले बजेटबाट के आशा राख्ने भनी प्रश्न गर्दै भने- ‘अर्थतन्त्रको कुरा गर्नेबित्तिकै आर्थिक दृष्टिकोण, आर्थिक निर्माण, पुँजी निर्माणको कुरा आउछ । एउटा, राज्यको कुरा हो । अर्को , संस्था र नागरिकको कुरा हो । हामी राज्य अल्मलिएको देख्छौं । राज्यले गरिराखेको छ। तर अल्मलिएको देख्छौं ।

    राज्यले बजेट बिनियोजन गर्छ के का लागि गर्छ त्यो हामी जान्न चाहन्छौ हामिले पनि राज्य सरकार भएको आभास गर्न चाहन्छौ, यसै प्रसङ्ग लाई जोड दिदै उनले भने,हामिले जुम्लामा स्याउ रोपेउ राज्य पक्ष वा सरकारले हामिलाई एक बोट विरुला उपलब्ध  गराएन ।सरकार का खाली जग्गाहरु वा गूठी हरु प्रसस्त छन हामिले कानुन नियम प्रक्रिया अनुसार उपलब्ध गराउनुस भन्यौ हामिले खेर गैरहेका जग्गा जमिनको सहि सदुपयोग गरि हामी त्यसमा काम गर्न चाहान्छौ भन्दा पनि सरकारले उपलब्ध गराउन सकेन वा मान्दैन ।

    सरकारमै बसिरहेका पार्टीहरु, उनकै नेताहरु, नेताहरु पनि कस्तो भन्नुहुन्छ भने निर्णायक प्रभाव पार्ने खालका नेताहरुले आलोचना गरिरहेका छन् ,आलोचना पनि निराशापूरहरेक वर्ष तपाई, हामीले कस्तो सुन्नुपर्ने परिस्थिति छ भने आशा भन्दा पनि आलोचना र निराशा यस्तो बढी प्रवाह छ, नेपालमा । बजेट माथि यति ठुलो आक्रमण छ कि अहिले । बजेटले केही पनि गर्दैन भन्दाभन्दै बेकारको, वाहियात, हावादारी भन्नेसम्म गइसक्यो ।

    सरकारमै बसेका नेताहरू, मन्त्री भएकै मान्छेहरूले यो बजेट काम छैन भन्न थालेपछि अब नागरिकले के आशा राख्ने आर्थिक क्षेत्रमा ? सरकारको नेतृत्व गरेका र प्रतिपक्ष सबैका ट्रेन्ड हेर्नुभयो भने आर्थिक परिचालन गरेर १२ खर्बको राजस्व र १८ खर्बको बजेटलाई नेपाली जनताको जीवनसँग जोडेर परिचालन गर्ने खालको देखिँदैन ।अहिलेको तर्कहरू हेर्दा धेरै ठुलो विचलन हुने देखिन्छ ।

    महासचिव विप्लव सीले आफ्नो पार्टीको कृषिमा उत्पादन गरेर आत्मनिर्भर नेता कार्यकर्ता, आत्मनिभर पार्टी, आत्मनिर्भर देश बनाउने नीति रहेको बताउँदै कसैको पनि जमिन कब्जा गर्ने नीति नभएको बताए । उनले भने- ‘हाम्रो पार्टीले अहिले कसैको जमिन कब्जा गर्ने नीति लिएको छैन । तपाईंको जमिन बाँजो छ भने हामीलाई दिनुहोस् । हामी तपाईंलाई उत्पादन गरेर नाफाको केही प्रतिशत दिन्छौं । तर केही जमिन कब्जा गर्दिन्छन् की भनेर डराएको देखियो । त्यो होइन् । हामीले आर्थिक नीतिमा एकीकृत स्वामित्व भनेका छौं । अहिले कसैको जमिन कब्जा गर्दैनौं । तर तपाईंको खाली रहेको जमिनमा पार्टीले उत्पादन गर्छ दिनुहोस् भनेका छौं ।’

    महासचिव विप्लव सीले आफ्नो पार्टीले निजी प्रशन्नतासहित सामूहिक स्वामित्वको वैज्ञानिक अर्थप्रणाली प्रयोगमा ल्याएको बताउँदै उद्योगी व्यवसायीलाई पनि सहकार्यमा आउन अपिल गर्दै भने- ‘कम्युनिस्ट पार्टीलाई श्रमिकको पार्टीका रुपमा रुपान्तरण गर्नुपर्छ । हामीले यो गरेका छौं । हाम्रा नेता कार्यकर्तालाई उत्पादक शक्तिमा रुपान्तरण गरेका छौं । यसले नेतादेखि कार्यकर्तासम्मलाई अनिवार्य श्रममा जोडिन बल पुगेको छ । बैद्धिक, कर्मचारी, अरु केही पेशा वा क्षेत्रमा क्षमतावान भएपनि हामीले श्रम गर्नुपर्ने अनिवार्य नियम बनाएका छौं । तपाईंहरु पनि सहकार्यमा आउनुहोस् । हामी सहकारीलाई डुब्न दिदैनौं ।’

    महासचिव विप्लव सीले उपस्थित बुद्धिजिविलाई एक पटक विभिन्न माध्ययमबाट साथ दिन अनुरोध गर्दै भने- ‘हामीलाई साथ दिनुहोस् । हामीमा कहिल्यौ पनि विचलन आउने छैन । विचलन आउने बेलामा त हामी विचलित भएनौं । कसैको प्रभावमा परेनौं । अहिले त हामीले धेरै अगाडि बढिसकेका छौं । यसलाई तपाईंले साथ दिनुभयो हामी सफल हुन्छौं । देशलाई नै सफल बनाउँछौं ।’

    अखिल समाजवादीको समन्वयमा भएको कार्यक्रमको अध्यक्षता जनश्रम सहकारीका अध्यक्ष सन्देश सीले गरेका थिए भने संचालन अखिल समाजवादीमा अध्यक्ष नरेन्द्र सीले गरेका थिए । कार्यक्रममा उपस्थित सबैकार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापा, मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति नन्दबहादुर सिंह, सुदुरश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति कर्णबहादुर थापा लगायत विभिन्न शैक्षिक संस्थाहरु तथा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

    अखिल समाजवादीको समन्वयमा भएको कार्यक्रमको अध्यक्षता जनश्रम सहकारीका अध्यक्ष सन्देश सीले गरेका थिए भने संचालन अखिल समाजवादीमा अध्यक्ष नरेन्द्र सीले गरेका थिए । कार्यक्रममा उपस्थित सबैलाई स्वागत सहकारीका प्रवन्धक सुशील सीले गरेका थिए भने कार्यक्रम को अवधारणा पत्रमा  जनश्रम सहकारीका अध्यक्ष सन्देश सी प्रष्ट पारेका थिए ।

    प्रतिकृया दिनुहोस्