News Portal

  • प्रचण्ड–माधव समूहले सोमबार लागि केन्द्रीय कमिटीको बैठक बोलायो

    जनगर्जन संवाददाता
    ४०२ पटक

    १८ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले सोमबार विहान ११ बजेका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

    संसद् पुनर्स्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने अडानमा रहेको यो समूहले आकस्मिक रुपमा केन्द्रीय कमिटी बैठक बोलाएको हो । बैठकमा समसायिक विषयमा छलफल हुने स्थायी कमिटी सदस्य पम्फा भुसालले बताइन् ।

    यो समूहको केन्द्रीय कमिटी बैठक गएको पुस ७–९ मा बसेको थियो । त्यसपछि स्थायी कमिटी बैठकमार्फत् नै पार्टीको निर्णय गर्दै आएको थियो । स्थायी कमिटी बैठकबाटै केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य नरहने गरी हटाउने निर्णय गरेको थियो ।

    बुटवल, विराटनगर र धनगढीमा प्रदेश स्तरीय विरोधसभा गरिसकेको यो समूहले माघ २८ मा राजधानी उपत्यकामा जनप्रदर्शनको तयारी गरेको छ ।

    प्रतिकृया दिनुहोस्