News Portal

कर्णालीको झोलुंगे पुलको लट्ठा चुँडिदा १४ खच्चर फसे

कर्णालीको झोलुंगे पुलको सहायताले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने गर्दछ

जनगर्जन संवाददाता२०८१ जेठ २७
२२० पटक

काठमाडौं । अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अडकिएर बसेका छन् । पुलको एकातर्फको लट्ठा चुँडिदा बिहानैदेखि ती खच्चड तारमा फसेका हुन् । पुलको लट्ठा चुँडिएपछि अहिले दुई जिल्ला बीच आवतजावत पनि बन्द भएको छ ।

कर्णालिक झोलुंगे पुलको सहायताले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने गर्दछ । पुलले अछामको पञ्चदेवल बिनायक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ४ लाई जोड्ने काम गरेको छ ।

जिल्ला प्रशासन कार्यालय दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले घटनाबारे जानकारी आएलगत्तै उद्धारका लागि टोली खटाइएको जानकारी दिएका छन ।

“सबै सुरक्षा निकाय, उद्धार टोलीदेखि लिएर छिमेकी जिल्लामा पनि सबैलाई जानकारी दिइसकेका छौं”। उनले भने, ‘टोली त्यहाँ पुग्दै छ होला । बाँकी बुझ्दैछौं बुझेपछी जानकारी गराउछौ ।’

प्रतिकृया दिनुहोस्