News Portal

  • सी जाति मान्यताको हस्ताक्षर अभियानमा’ नेपाली सेनाको पनि सहभागिता

    बसन्त बिक२०८१ जेठ २४
    १३६ पटक

    काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपालले संचालन गरेको सी जाति मान्यताको हस्ताक्षर अभियानमा स्वदेशी,विदेशी नागरिक देखि नेपाली सेनाको समेत सहभागिता भएको छ ।
    राजधानीका विभिन्न चोकमा हस्ताक्षर अभियान चलेको स्थान पुगेर नेपाली सेनाका जवान,प्रहरी,देशी विदेशी नागरिकले सहमति जनाउदै हस्ताक्षर गरेका हुन ।
    राजधानीको बसन्तपुर,नयाँ बानेश्वर माईतिघरमण्डला,लगायतका विभिन्न ठाउँहरुमा युवा संगठन नेपालले हस्ताक्षर अभियान थालेको हो ।
    बसन्तपुरमा भएको हस्ताक्षर अभियानमा विदेशी नागरिक देखि नेपाली सेनाका जवानहरुले पनि हस्ताक्षर गरेका हुन । यस्तै यो अभियानमा प्रहरी,ट्राफिक प्रहरी लगायतका सुरक्षाकर्मी,बुद्धिजीवी,शिक्षक कर्मचारी लगायतका व्यक्तित्वहरुले पनि साथ दिएका छन ।
    उनीहरुले यो अभियानले कानुनी मान्यता प्रात्त गरे जातिजाति हुने द्धन्द्ध कम गर्ने र मानबीयता,सद्भाव र सहकार्यको बातावरण बनाउनेमा सकरातक काम गर्ने प्रतिक्रिया दिएका छन । उनीहरुले राज्यले छिटो कानुनी मान्यता प्रदान गर्न पनि हस्ताक्षर अभियान मार्फत दबाव दिएका छन ।
    नेपाल विभिन्न जात जातिको देश हो । नेपालको सामन्तवादी राज्यसत्ताले एउटै मानव जातिलाई एकअर्को माथि शोषण गरेर राज्यसत्ता टिकाउने उद्देश्यले विभिन्न जात जातिको घोषणा गरी विभेद तथा छुवाछुतको सृजना गरेको युवा संगठनले बताएको छ ।
    संगठनले मानव जाति माथि हुने सबै प्रकारका विभेदहरुको अन्त्यका लागि विश्वभर सी जाति बनाउन माग गरेको हो ।
    ‘सी जाति भनेको कम्युनिष्ट साम्यवादी जाति हो । नेपाल कम्युनिष्ट पार्टीको नवौं महाधिवेशनले अब विश्वमा नयाँ मानव जाति बनाउन आवश्यक भएको महशुस गरी सी जातिको घोषणा गरेको थियो । सी जाति भनेको समान,विभेदरहित,उच्च सभ्यता र संस्कार भएको,सबैलाई माया गर्ने,अन्याय अत्याचार र शोषण नगर्ने,श्रमप्रति माया गर्ने जाति हो’ युवा संगठन नेपालका अध्यक्ष दिनेश सीले बताए ।
    उनले देशभर करिब २ लाख हस्ताक्षर संकलन गरी सरकारलाई बुझाउने युवा संगठनको तयारी भएको खुलासा गरे । संगठनले काठमाडौका चोक चोकमा संचालन गरेको हस्ताक्षर अभियानमा सुरक्षाकर्मी देखि स्वदेशी विदेशी नागरिकको उत्साहजनक सहभागीले युवा संगठन नेपाललाई थप हौसला थपिएको संगठनले बताएको छ ।
    युवा संगठन नेपालका अध्यक्ष दिनेश सीले जनपत्रिलाई भने ‘विगतमा सामन्ती सत्ताका मालिकहरुले पनि जात जाति बनाएका हुन, आज हामी पनि नयाँ जाति बनाउने प्रयास गरेका हौ,बरु यसलाई सरकारले कानुनी मान्यता छिटो दिनु पर्छ, नागरिकता बनाउने देखि जन्मदर्ता लगायतका कामहरुमा सी थर राख्न पाउनु पर्छ ।’
    उनले नेपाल कम्युनिष्ट पार्टी र त्यसका भातृसंगठनहरुमा सी थर लागु भईसकेको भन्दै आम जनतासम्म पनि यसको कानुनी मान्यता प्रदान गरी लागु गर्ने बताबरण राज्यले मिलाउनु पर्ने बताए । उनले कर्णाली,गण्डकी र बाग्मती प्रदेशले प्रदेश सरकारलाई संकलित हस्ताक्षर बुझाएको जानकारी दिदै आजै प्रधानमन्त्री प्रचण्डलाई समेत थप ५० हजार हस्ताक्षर बुझाउने कार्यसूची रहेको बताए ।

    प्रतिकृया दिनुहोस्