News Portal

नेकपा पचालझरना द्वारा क. नयाराजको घर पुर्नरनिर्माण ।

विनित कुमार तिरुवा२०८१ जेठ २२
३१२ पटक

कालिकोट । नेकपा कालिकोट पचालझरना ले युवा संगठन नेपाल कालिकोटका अध्यक्ष क. नयाराज सी को घर निर्माण गरि दिएका छन ।

जेठ १९ गते राती आएको ठूलो हावा हुरी ले पुर्णरुपमा क्षती गरिएको घर पुर्ननिर्माण गरिएको हो। उक्त हावाहुरीले मानविय क्षती नभएपनी माथिल्लाो तला पुरै उडाएर लगेको थियो । स परिवार बस्दै आएको घरमा निकै बिचल्ली भएको थियो ।

२२ गते नेकपा केन्द्रीय सदस्य क. रणदिप सी, जिल्ला कमिटी सदस्य क. तखत सी, गाउँ कमिटी सदस्य क.अंग सी, कर्मचारी अग्र ब शाही र युवा संगठन कालिकोटका अध्यक्ष क. नयाराज सी सहितको टोलिले घर पुर्ननिर्माण गरेको हो । घर पुर्ननिर्माण पछी केन्द्रीय सदस्य क. रणदिप सी ले विपतमा नेकपा पिडितको साथमा सधै रहने र जहाँ समस्या त्यहाँ नेकपा हुने धारणा राखेका थिए।

घर निर्माण पछी घरमा रहेकी बच्चाकी अामा तस्बिरा कठायत निकै खुसी हुँदै यस्तै विपत्तिमा परेका दुखी गरिबहरु लाई सधै पार्टी ले सहयोग गर्नु पर्ने धारणा राखेकी थिईन उक्त घर पालिका सेन्टर पेक्षा मा रहेको थियो ।

प्रतिकृया दिनुहोस्