News Portal

  • आरजु राणाले अमरेशकुमार सिंहविरुद्ध दायर गरेको मुद्दा अदालतले मेलमिलापमा पठायो

    जनगर्जन संवाददाता२०८१ जेठ २२
    ६२ पटक

    काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ तथा संसद आरजु राणा देउवाले स्वतन्त्रका सांसद अमरेशकुमार सिंहविरुद्ध दायर गरेको गाली बेइज्जती मुद्दालाई काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले मंगलबार मेलमिलापमा पठाउने आदेश गरेको हो ।

    आरजु राणाले सिंहविरुद्ध जेठ २४ गते जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दायर गरेकी थिइन् । नेपाली कांग्रेसका पूर्व नेता समेत रहेका सिंह अहिले भने स्वतन्त्र निर्वाचन लडेर प्रतिनिधि सभाको सांसद समेत रहेका छन् ।

    २०८० जेठमा राणालाई सिंहले नक्कली शरणार्थी प्रकरणमा मुछिएको आरोप लगाउनुका साथै राणा भ्रष्ट महिला भएको टिप्पणी समेत गरेका थिए । त्यसपछि जिल्ला अदालतमा उनले आफूमाथि गाली बेइज्जती गरिएको भन्दै मुद्दा दायर गरेकी थिइन् ।

    जिल्लाले मेलमिलापलागि पठाउने आदेश गरेपछि दुवै पक्षले आपसमा छलफल गरी मिल्नुपर्ने भएको छ। मिलेमा मुद्दा तामेलीमा जान्छ भने मेलमिलाप हुन नसकेमा पुनः सुनुवाइका लागि अदालत नै फर्कने छ।

    प्रतिकृया दिनुहोस्