News Portal

  • बादलकाे प्रश्न : म लालगद्दार भए पार्टी फुटाउनेहरु के गद्दार हाे ?

    जनगर्जन संवाददाता
    ४०७ पटक

    काठमाडौं । नेकपा केपी ओली समूहका नेता रामबहादुर थापा बादलले आफूलाई ‘लालगद्दार’ भन्नेहरुलाई प्रश्न गरेका छन् । शनिबार चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले भने, ‘केही साथीहरू मलाई लालगद्दार भन्नुभयाे । म लालगद्दार भए उहाँहरू के गद्दार हाे ? पार्टी फुटाउने उहाँहरु  हाे ।’

    केहीअघि चितवनमा ‘बादल लालगद्दार’ भन्दै कालाे बेलुन उडाइएकाे थियाे ।  बादलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पार्टीमा फुट पैदा गरेको आराेप पनि लगाए ।  तपाईंहरूले जसरी पार्टीमा फुट पैदा गर्ने दुस्साहस गर्नुभएको छ, त्यसबाट पछाडि फर्किनुस्’, गृहमन्त्री समेत रहेका थापाले भने, ‘आफ्ना गल्ती स्वीकार्नुस्, आउनुस् पार्टीमा फर्किनुस्। जनता एकता चाहान्छन्।

    उनीहरूलाई केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाका फर्किन पनि अपील गरे। बादलले प्रचण्ड- नेपाललाई गल्ती स्वीकार्दै सरकारले घोषणा गरेको निर्वाचनमा भाग लिएर प्रधानमन्त्री बन्न पनि सुझाए ।  साथै उनले ओली नेतृत्वको पार्टीमा आए मतपत्र च्यात्नु नपर्ने भन्दै कटाक्ष गरे ।

    प्रतिकृया दिनुहोस्