News Portal

  • जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाउदै दलित सेवा संघ कपिलवस्तु

    विष्णु विश्वकर्मा२०८१ जेठ २२
    २१९ पटक

    कपिलवस्तु /  जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ ।

    वि.सं. २०६३ साल जेठ २१ गतेका दिन नेपाल सरकारले मुलुकलाई “जातीय छुवाछुत मुक्त राष्ट्र” घोषणा गरेको दिनको स्मरणमा प्रत्येक वर्ष जेठ २१  गतेलाई ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’का रूपमा हामीले मनाउँदै आएका छौँ ।

    दलित विकास संघ शिवराज ९ कपिलवस्तुले १८ औं जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा सोमबार कपिलवस्तुमा “सबै प्रकारको भेदभाव र छुवाछूत विरुद्ध हातमालो गरौ सामाजिक न्यायसहितको समृद्धि र समावेशी नेपालको निर्माण गरौ” विषयक अन्तर्कृया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रम दलित विकास संघ का अध्यक्ष पुर्ण बहादुर सुनारको अध्यक्षता सुवास दमै को संचालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख अजय थापाको रहेको थियो भने विशिष्ट अतिथी नगर उप प्रमुख शिव कुमारी थारु त्यसै गरि अतिथिहरुमा वडा न ३ का अध्यक्ष टेकलाल सापकोटा ,वडा न ५ का अध्यक्ष नेत्र प्रसाद बेलबासे,कार्यपालिका सदस्य प्रेम सुनार,कार्यपालिका सदस्य खगी सुनार,सस्थापक मेयर नेत्र राज अधिकारी राष्ट्रिय दलित आयोगका पुर्व सदस्य तथा नेकपा एमालेका जिल्ला सदस्य बेगम विश्वकर्माको रहेको थियो

    शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले जातीय भेदभाव तथा छुवाछूत विरुद्धका कानूनी व्यवस्था छ त्यो व्यवस्था लाई सबैले लागू गर्नुपर्छ यदि कसैले पनि राज्यले बनाएको कानुनको वेवास्ता गर्छ भने या छुवाछूत गर्छ भने त्यसलाई नगरपालिकाले छोड्नेवाला छैन । धनी गरिव उचनिछ जो कोहि होस कानुन सबैलाई बराबर लाग्छ। नगर प्रमुख थापले नेपाली समाजमा सदियौंदेखि जरा गाडेको जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्न सवै भूमिका प्रभावकारी हुनुपर्नेमा जोडदिनुभयो । दलितका हक अधिकार प्राप्तिका ऐन कानूनहरु बनेपनि सोचे झैँ गरी कार्यान्वयन हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “दलित हक अधिकार सोचेझैं गरी प्राप्ति नहुँदा आन्दोलनको कमजोरी हो ।” दलित समुदायका हक अधिकार प्राप्तिका लागि आन्दोलनको समीक्षा हुनुपर्ने उहाँले बताउनुभयो ।

    त्यस्तै ३ नम्बर वडा अध्यक्ष टेकलाल सापकोटाले जातीय छुवाछूतका घटनाहरुलाई मिलापत्रमा टुङ्गो लगाउनु अपराध भएको बताउनुभयो । सापकोटाले सवै प्रकारका जातीय विभेदको उन्मुलन गर्न दलित गैरदलितको भूमिका प्रभावकारी हुने उहाँको भनाई छ ।

    त्यस्तै ३ नम्बर वडा अध्यक्ष नेत्र प्रसाद बेलबासेले हामीमा आत्मविश्वास रह्यो भने र आफुमा सीप भयो भने कुनै पनि मान्छे सानो ठूलो हुदैन र छुवाछूत अन्त्यका लागि बनाइएका कानुनहरु कार्यान्वयनमा सरकारले तत्परता देखाउनुपर्ने बताएका छन ।

    कार्यपालिका सदस्य प्रेम सुनारले संविधानमा दलित आयोगको प्रदेश प्रदेशमा कार्यालय खोल्ने भनिए अनुसार कार्यान्वयन गर्नु बताउनुभयो । उहाँले दलित आयोगका स्रोत साधन सम्पन्न बनाउनुपर्ने जोडदिनुभयो ।

    दलित आयोगका पुर्व सदस्य बेगम विश्वकर्माले अधिकार प्राप्तिका लागि आन्दोलन प्रशस्त मात्रा भएपनि यसलाई संस्थागत गर्न राज्यलाई चुनौती भएको बताएका छन। संविधानको प्रस्तावनामा समानुपातिक समावेशी उल्लेख भएपनि समावेशी चरित्रलाई उल्टो व्याख्या गर्ने चलन बढेको उहाँको दावी थियो ।जातीय छुवाछूत उन्मुलन गर्न बनेको कानुन कार्यान्वयन गर्न जटिल भएको उहाँले बताए । प्रहरीमा गठन भएको दलित डेस्क, कार्यान्वयन तथा अनुगमन प्रभावकारी हुन नसक्दा दलितहरुले न्याय पाउन नसकेको विश्वकर्माको भनाई छ ।

    सस्थापक मेयर नेत्रराज अधिकारीले जातीय छुवाछूत अन्त्यका लागि सोचाई र व्यवहारमा नै सुधार गर्नुपर्ने बताएका छन ।

    कार्यक्रममा अन्य वक्ताहरुले जातका आधारमा गरिने भेदभाव तथा छुवाछूत सवै प्रकारका विभेदहरु उन्मुलन गर्नुपर्नेमा जोड दिएका छन ।जातीय भेदभाव तथा छुवाछुत कसुर र सजायँ ऐन भएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा व्यवहारमा विभेद हट्न नसकेको हो।

    संविधानको यही मर्मलाई आत्मसात् गर्दै जातीय विभेद र छुवाछुतलाई दण्डनीय अपराधको रूपमा व्याख्या गरी सजायको कानुनी व्यवस्था समेत गरिएको छ ।

    नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको १८ वर्ष बितिसक्दा पनि व्यवहारमा भने छुवाछुत र विभेद अझै हट्न सकेको छैन ।

    नेपालको संविधानले सबै जातजाति, भाषाभाषी, वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ।

    प्रतिकृया दिनुहोस्