News Portal

  • निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुबै पक्षसँग आज छलफल गर्दै

    जनगर्जन संवाददाता
    ३५६ पटक

    १६ माघ, काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुबै पक्षसँग आज छलफल गर्दैछ । केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र लेखेर आयोगले छलफलका लागि बहादुर भवनस्थित कार्यालयमा बोलाएको हो ।

    आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचनसम्बन्धी छलफल गर्न आज बिहान ११ बजे दुवै अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५/५ जनालाई बोलाइएको जानकारी दिए ।

    आयोगले पठाएको पत्रमा नेकपाको आधिकारिकता सम्बन्धी विवादबारे छलफल गर्ने भनिएको छैन । तर अहिले नेकपा विवादको सन्दर्भ भएकाले त्यस विषयमा पनि छलफल हुने आयोग स्रोतले बतायो ।

    यसअघि नेकपाका दुबै पक्षले आफूलाई आधिकारिक दावी गर्दै आयोगमा निवेदन दिएका थिए । तर ती निवेदनमा दुबै पक्षको दावी नपुग्ने निर्णय आयोगले गरेको थियो ।

    प्रतिकृया दिनुहोस्