News Portal

  • जनपत्रकार संगठनका केन्द्रीय सदस्य सरगम रिहा

    जनगर्जन संवाददाता२०८१ जेठ १४
    १०३ पटक

    काठमाडौं – जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य सुमन श्रेष्ठ (सरगम) रिहा भएका छन् । आइतबार भोजपुर जिल्ला अदालतको आदेश पछि उनी रिहा भएका हुन् ।

    २०६९ साल असोज २० गते पक्राउ परेका सरगम १८ महिनाको बन्दी जीवन बिताएर रिहा भएका हुन् । । भोजपुर जिल्ला पौवादुङ‌मा गाउँपालीका वडा न २ तिवारीभन्ज्याश्रमा हुने सत्ता गठबन्धनको चुनावी सभामा रिपोटिङका लागि गएका जनप्रत्रकार संगठन नेपालका कोशी प्रदेश संयोजकसमेत रहेका सुमन श्रेष्ठलाई प्रहरी पक्राउ गरेको थियो ।

    उनी सहभागी भएको कार्यक्रममा नजिकै वम विस्फोटन भएको थियो । उक्त विस्फोटबाट उनी गम्भीर घाइते भएका थिए । प्रहरीले राजनीतिक प्रतिसोधका कारण उनले नै बम विस्फोट गराएको आरोपमा पक्राउ गरेको थियो ।

    उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस नेता प्रकाशशरण महत, तत्कालिन मुख्यमन्त्री राजेन्द्र राई, नेता सुदन किराँती लगायतका नेताहरुको उपस्थिति रहेको थियो । उनलाई परिवारका सदस्यसहित नेकपा भोजपुरले खुल्ला आकाशमा स्वागत गरेको छ ।

    प्रतिकृया दिनुहोस्