News Portal

बर्तमान संकटको समाधान नै नेपाली बिशेषताको समाजवाद हो :-क.रणदिप सी

विनित कुमार तिरुवा२०८१ जेठ १२
२६६ पटक

जेष्ठ १२,कालिकोट । बर्तमान राजनितिक संकट र नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया कार्यक्रम पलाता गाउँ पालिका कालिकोटमा सम्पन्न भएको छ ।

आज नेकपा पलाता गाउकमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रम अन्तर्गत पलाता हस्पिटलको सभाहल धौलागोहमा सम्पन्न भएको छ ।

नेकपा का गाउकमिटी सेक्रेटेरी क.अनरुप सी को अध्यक्षता, प्रमुख अतिथी क. रणदिप सी, अतिथीहरु गाउकमिटी ईन्चार्ज एबं CRC सदस्य क. शाहासी लगायत को आतिथ्यतामा बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको नेकपा पलाताँ श्रोत ले जनाएको छ ।

नेकपा पलाता गाउकमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी नेकपा केन्द्रीय सदस्य क. रणदिप सी ले बर्तमान ब्यबस्थाको संकट समाधानको एक मात्र बिकल्प नेपाली बिशेषताको समाजवाद भएको ठोकुवा गरेका छन । जनसम्बन्ध सुदृढीकरणका लागि पार्टी जनस्तरमा स्थापित गर्न बर्तमान संरचना बैज्ञानिक रहेको र यो योजनालाई कडाई पुर्बक लागू गर्न निर्देशन दिदै जनता तिर फर्केको पार्टी बनाउने दायित्व लाई ३ महिना भित्रमै पूरा गर्नु पर्ने बताएका छन ।

उनले भनेका छन “जरा बलियो भयो भने रुख को अायु लामो हुन्छ” जरा बलियो बनाउन हामी सबै लाग्नुपर्ने तथा रुख जस्तो पार्टी बनाउन हैसियत यथावत रहने गरी काम को जिम्मेवारी हेरफेर भएको र यो अावाधिक योजना मा नतिजा निस्किने गरि काममा लाग्न अपिल गरेका छन ।

प्रतिकृया दिनुहोस्