News Portal

  • महासचिव विप्लव सी द्वारा शहिद परिवारको घर शिलान्यास

    जनगर्जन संवाददाता२०८१ जेठ ११
    १६८ पटक

    जेष्ठ ११ कपिलवस्तु । नेकपाका महासचिव विप्लव सी द्वारा कपिलवस्तुको शिवराज नगरपालिका ९ स्थित जनयुद्धका सहिदहरु शंकर विक र राजु विकको आमा देविमाया विकको आवास निर्माणको शिलान्यास भएको छ

    शिवराज ९ बानियाभारस्थित विकको घर निर्माणको शिलान्यास गर्दै महासचिव विप्लवले पार्टीको पाचौं पूर्ण बैठकमा सहिद परिवारहरुकाे घर निर्माण गर्ने घोषणा अनुरुप आवास निर्माण अभियानको थालनी गरेको बताए ।

    देश र जनताका लागि बलिदानी गर्ने सहिद र सहिदका परिवारलाई पार्टीको साथ रहने बताउदै विप्लवले सहिद परिवारसँगै दु:ख सुखमा सहकार्य गर्ने बताएका छन् । सहिद परिवार, घाइते, अपांग र अङ्गभङ्ग रहेका योद्धाहरुका समस्यामा पार्टीले नीति बनाएर समाधानको प्रयास गर्ने बताए ।
    आवास निर्माण कार्यक्रममा सहिद परिवार सदस्य भावुक हुँदै आफ्नो सन्तानको बलिदान खेर जान नदिन महासचिव विप्लव सी लाई अनुरोध पनि गरेको छन ।
    आवास निर्माण कार्यक्रममा पार्टी पिबिएम विजय सी, असल सी, सिसिएम अडिग र पार्टीका विभिन्न तहका नेता कार्यकर्ता आफन्तजनहरु र जनसमुदायहरुको उपस्थिति रहेको थियोे । निर्माण कार्य सुष्मा सीको संयोजकत्वमा ५ सदस्यीयनिवास निर्माण टोलि गठन गरि कार्य अगाडि बढाएको छ । निर्माण कार्यमा युवा कलव, समुदायिक वन र वडा कार्यलय लागयतले सहयोग रहेको बुझिएको छ ।

    प्रतिकृया दिनुहोस्