News Portal

  • कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

    जनगर्जन २०८१ जेठ ८
    १०५ पटक

    ८ जेष्ठ,काठमाडौँ । कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । मंगलबार उनलाई थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै प्रहरीले पक्राउ गरेको हो ।

    सिरोहियाविरुद्ध धनुषा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । दोहोरो नागरिकता लिएको आरोपमा परेको जाहेरीका आधारमा जारी भएको पक्राउ पुर्जीका आधारमा सिरोहियालाई पक्राउ गरिएको छ ।

    सिरोहियालाई थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै प्रहरीले पक्राउ गरेको हो । आफू विरुद्ध पक्राउ पुर्जी जारी भएपछि सिरोहियाले उक्त निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन पेश गरेको छन् ।

    सिरोहियाले सहकारीका ७१ लाख सदस्य तथा बचतकर्ताको पसिनाको कमाइ सुरक्षित गर्न यसमा ठगी गर्नेहरुमाथि अनुसन्धान र कारबाही हुनुपर्ने आवाज उठाउँदा आफू र कान्तिपुरमाथि षडयन्त्र भएको बताएका छन् । पक्राउ पर्नुअघि सिरोहियाले विज्ञप्ति जारी गर्दै आफूविरुद्ध षडयन्त्र भए पनि सहकारी ठगी लगायत हरेक विषयमा समाचार लेख्ने कर्तव्यबाट कान्तिपुर एक इन्च पनि पछि नहट्ने बताएका छन् । आफू लगायत कान्तिपुर टिम अझ शसक्त भएर समाचार सम्प्रेषण गर्ने बताएका छन ।

    प्रतिकृया दिनुहोस्