News Portal

  • विभिन्न निर्णय गर्दै नेपाल कम्युनिष्ट पार्टी कैलालीको पूर्ण बैठक सम्पन्न

    जनगर्जन संवाददाता२०८१ जेठ ५
    २२८ पटक

    जेठ ०५ धनगढी । नेपाल कम्युनिष्ट पार्टी कैलालीको पूर्ण बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । कैलालीको साढेपानीमा जेठ ३ र ४ गते दई दिन बसेको बैठक विभिन्न महन्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको हो । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज भरत सिको प्रमुख आथित्य तथा कैलाली जिल्ला सचिव सरोज सिको सभापतीत्वमा बैठक सम्पन्न भएको हो ।
    बैठकले सामाजिक संघर्ष उठान गर्ने,चिसापानी जालपादेबि केबलकारमा स्थानिय शेयरलाई पराथमिकतामा राख्नका लागि संघर्ष गर्ने,लागुओैषध कुलतबाट युवाहरुलाई मुक्त गर्नका लागि जनचेतना अभिमुखिकरण अभियान सञ्चालन गर्ने,छाडा पशुले किसानलाई हैरानि पारेको अबश्थामा यसको रोकावटका लागि स्थानिय तहसंग सहकार्य गर्ने,मलखाद बिउबजन समयमै किसानलाई उपलब्ध गराउन सम्बन्धित पक्षसंग पहल गर्ने, प्रत्येक पालिकाले कम्तिमा पनि १ बिगाह जमिनमा कृषि उत्पालन गर्ने निर्णय गर्दै बैठक सम्पन्न भएको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा कैलाली जिल्ला ईन्चार्ज प्रकाश सिले जानकारी गराए ।

    बैठकमा पेलीट ब्युरो सदस्य विकल्प सि, केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश सचिव समर सि र अन्य केन्द्रिय सदस्यहरुको सहभागीता रहेको उनले जानकारी गराए । बैठकका प्रमुख अतिथी पार्टीका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज भरत सिले निर्णयहरुको कार्यान्वयनमा सबै पार्टीपक्ति एकजुट भएर लाग्न निर्देन दिए ।

    निर्णय महत्वपूर्ण छन, निर्णय गरेरमात्र नहुने भएकाले कार्यान्वयनमा जोड दिन जरुरी छ उनले भने । उनले पार्टीलाई बास्तविक जनताको पार्टी बनाउने गरी जताका विचमा रहेर जनताका समस्यासंग एक भएर नेता कार्यकर्ताहरु अगाडी बढ्न निर्देशन दिए ।

    प्रतिकृया दिनुहोस्