News Portal

  • नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेशले गर्यो सहिद पार्क सरसफाइ

    साहास भट्ट २०८१ बैशाख २५
    १०५ पटक

    पोखरा: नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेशले जयुद्धमा कास्किबाट सहिद तथा ब्यपत्ता भएका यौद्धाहरुको स्मृतिमा निर्मित सहिद पार्क सरसफाइ गरेको छ।
    पार्टी सुदृढीकरण, जनसम्बन्ध बिस्तार अभियान तथा प्रशिक्षण कार्यक्रमको पुर्व सन्ध्यामा पोखराको सहिद चोकस्थित सहिद पार्क सरसफाइ गरेको हो।

    नेकपाकी गण्डकी ब्युरो इन्चार्ज शीलु सीको नेतृत्वमा भएको सफाइ कार्यक्रममा नेकपाका पोलिट ब्युरो सदस्य आस्था सी, आजाद सी, विप्लव सी लगाएत प्रदेश अन्तरगतका जिल्लाहरु कास्की, लमजुङ, तनहुँ, गोरखा, म्याक्दी बाग्लुङ, पर्वत गुल्मीका नेकपाको जिल्ला इन्चार्ज, सेक्रेटरी, तथा जिल्ला स्तरका नेता कार्यकर्ताहरुको उत्शाहजनक सहभागितामा पार्क भित्रका विभिन्न खाले फोहोरहरुलाइ झाडु लगाएर केन्दृकित गरि डम्पिङ गरिएको थियो।
    जनयुद्धपछि नेपालमा लोकतान्त्रिक सङ्घिय गणतन्त्र स्थापित भैसकेपछि जनयुद्धमा सहादत प्राप्त यौद्धाहरुलाइ सहिद घोषणा त गरियो तर जनयुद्धको नेतृत्व सम्सदिय ब्यबस्थालाइ प्रयोग गर्ने भनेर पुरानै ब्यवस्थामा फर्कियो, र त्यही ब्यवस्थामा लिप्त भयो र सहिद बेपत्ता, घाइतेहरुलाइ बिर्सियो आफ्नो पारिवारिक सुखभोग, नातवादमा पतन भयो फलस्वरुप सहिदहरुको अबमुल्यन भयो सहिद बेपत्ता परिवारको उचित रेखदेख र राहत हुन सकेन, त्यसलाइ क्रस गरेर सहिद बेपत्ता परिवारहरुलाइ अभिभावकत्व प्रधान गर्न पार्टी लागिरहेको र भर्खरै मात्र सम्पन्न गण्डकी प्रदेशको प्रदेश स्तरीय बैठकले प्रदेश भित्रका सम्पुर्ण सहिद बेपत्ता परिवारहरुको घरघरमा पुगेर उनिहरुको परिवारमा परेको सारो गारो अफ्टेरोलाई सहज गर्न भेटघाट अभियान चलाउने निर्णयको निरन्तरता स्वरुप यो पार्क सफाइ पनि एक महत्वपुर्ण काम भएको नेकपा गण्डकी प्रदेश इन्चार्ज शिलु सी बताउछिन् ।

    सरसफाइ कार्यक्रम सकिएसङ्गै अहिले जनसम्बन्ध अभियान उद्घाटन तथा राजनितिक वैचारिक प्रशिक्षण सहिदचोक स्थित घनश्याम स्मृति कक्षमा चलिरहेको छ।

    प्रतिकृया दिनुहोस्