News Portal

  • कीर्तिपुरमा बस दुर्घटना, एकको मृत्‍यु ३ घाइते

    जनगर्जन संवाददाता२०८१ बैशाख २३
    ८३ पटक

    वैशाख २३,किर्तिपुर । कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्‍यु भएको छ ।

    कीर्तिपुर पाङगा हुँदै रत्नपार बा.३ ख. २०२७ नम्बरको यात्रुवाहक बस कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि दुर्घटना हुँदा प्रा. डा. गोविन्द रिजालको मृत्‍यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले बताए ।मृत्यु हुनेमा

    उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता (एसएसपी) दिनेशराज मैनालीका अनुसार प्रा. डा. रिजाल त्रिविमा कृषि अध्ययन संस्थाका आंशिक प्राध्यापकका रूपमा कार्यरत थिए ।

    दुर्घटनामा परेर अरू ३ जना घाइते भएकोमा उनीहरूको ट्रमा सन्टरमा उपचार भइरहेको छ । घाइते हुनेमा बैतडी घर भएका २४ वर्षीय डम्बर पन्त, २४ वर्षीया विमला श्रेष्ठ र बस चालक २७ वर्षीय रमेश लामा रहेका छन ।

    उनका अनुसार बस दुर्घटनामा घाइते भएका तीन जनाको अस्पतालमा उपचार भइरहेको छ ।

    बस दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्