News Portal

  • साम्राज्यवादले जनतामा छरेको निराशाले रवि र ज्ञानेन्द्र शाही जन्मायो : आजाद सी

    जनगर्जन संवाददाता२०८१ बैशाख १५
    ६७ पटक

    बैशाख १५,रसुवा – नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा पश्चिम ताम्सालिङ ब्युरो इन्चार्ज आजाद सीले साम्राज्यवादले नेपाली जनतामा छरेको भ्रम र निराशाले ज्ञानेन्द्र शाही र रवि लामिछाने जन्माएको बताएका छन् । शनिबार समाजवादी मोर्चा नेपाल, रसुवाले आयोजना गरेको ‘समाजवादी अर्थ व्यवस्था र आर्थिक रुपान्तरणमा जनताको सहभागिता’, विषयक अन्तरक्रिया तथा सन्देश सभालाई सम्बोधन गर्दै आजादले यस्तो बताएका हुन् ।

    उनले माओवादीको नेतृत्वमा जनताले बलिदान गरेर ल्याइदिएको व्यवस्थामा कुनै त्याग नभएका भगौडाहरुलाई साम्राज्यवादले माओवादीलाई अपराधीकरण गर्न प्रयोग गरेको बताए । उनले साम्राज्यवादले जनतालाई भ्रम छरेर यीनै विकल्प हुन भन्ने पार्दै आफ्नो एजेन्टको रुपमा रवि र ज्ञानेन्द्र अघि सारेको ठोकुवा गरे ।

    उनले भने, ‘जसरी जनता यीनै आजको सत्ताको विकल्प हुन् भनेझै विश्वास गर्न वाध्य छ्न् । यो बाट साम्राज्यवाद कसरी हाबी हुदैछ नेपालमा भन्ने प्रस्ट हुदैछ।’
    उनले आज नेपालमा साम्राज्यवादले आफ्ना एजेन्टका रुपमा खडा गरेका पात्रले जनतालाई भ्रमित पारिरहेको बताए । त्यलाई चिर्न सम्पूर्ण कम्युनिस्ट देशभक्त वामपन्थी एक ठाँउमा उभिन जरुरी भएको बताए ।

    उनले थपे, ‘माओवादीहरु छिन्न भिन्नले ज्ञानेन्द्र शाही जन्मायो, रबिहरु जन्मायो। दलालहरुले वर्तमान व्यवस्था र माओवादी कम्युनिस्ट क्रान्तिकारीहरुको बिरुद्धमा जनतालाई छरेको निरासालाई क्याच गर्दै रबिहरु आए । अब देश सकिने खतरा छ।’ आज जनताको त्याग र वलीदानबाट प्राप्त जुन उपलब्धी छ यो प्राप्त त होइन तर यसमा टेकेर उपलब्धिको रक्षा गर्दै सम्पूर्ण समाजवादी एक ठाउँ उभिएर नेपाली विशेषताको समाजवादमा जानुपर्ने उनको भनाइ थियो।

    नेकपा महासचिव विप्लव सीको प्रमुख आतिथि रहेको कार्यक्रममा समाजवादी मोर्चा नेपाल, रसुवाका संयोजक शिव लामिछानेको अध्यक्षतामा रहेको थियो । नेकपा केन्द्रीय केन्द्रीय सदस्य तथा रसुवा जिल्ला इन्चार्ज सागर सीले उपस्थिति सबैलाई स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए भने फर्पु तेन्जिङलामाले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रम नेकपाका पोलिटब्युरो सदस्य आजात सी, नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य राजेन्द्र लोहनी, माओवादी केन्द्रका प्रदेश सांसद इन्द्रप्रसाद गौतमले आफ्नो धारणा रोेखेका थिए ।

    प्रतिकृया दिनुहोस्