News Portal

  • सञ्चालकहरुको सम्पत्ति रोक्का गरेर भएपनि पीडितको रकम फिर्ता गर्छौंः गृहमन्त्री लामिछाने

    जनगर्जन संवाददाता२०८१ बैशाख १५
    ६२ पटक

    बैशाख १५, काठमाडौ । गृह तथा उपप्रधानमन्त्री रवि लामिछानेले सहकारी सञ्चालकहरुको सम्पती रोक्का गरेर भएपनि पीडितहरुको रकम फिर्ता गर्ने आश्वासन जनतालाई दिएका छन् ।

    शुक्रवार मन्त्रालयमा सहकारी वचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका पदाधिकारीहरुसँगको भेटका क्रममा गृहमन्त्री लामिछानेले सहकारी सञ्चालकहरुको सम्पती रोक्का गरेर त्यसबाटै पीडितहरुको रकम फिर्ता गरिने बताएका हुन् ।

    उनले आफूले यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लगेको र सो प्रस्तावमा सिंगो मन्त्रिपरिषद् नै एक ठाउँमा उभिएको दाबी गरेका छन ।

    अनुसन्धान र कानूनी प्रक्रिया लामो समय जाँदा पीडितलाई झन धेरै समस्या थपिएको भन्दै कानूनी प्रक्रिया चल्दै गर्दा नै सञ्चालकहरुको सम्पत्ति रोक्का गर्न भने ढिलो गर्नु नहुने स्पष्ट पारे । सम्पत्ति रोक्का गरेर तत्काल कानून बनाएर सो सम्पतीलाई बेचबिखन गरी फिर्ता गर्न सुरुवात गरिने उनको भनाइ थियो ।

    ‘लाखौँ मान्छे संकटमा परेका छन् । जनता संकटमा परेको बेलामा विधि, प्रक्रियाको अभ्यासको भारी बोक्नु हुँदैन फास्ट ट्रयाकमा गर्नुपर्छ भनेर लागि परेका छौँ । चाँडै नै फरार रहेका, प्रमाणित भएका, अप्ठ्यारोमा पारेका, ठगि गरेका मानिसहरुको सम्पती रोक्का गरेर त्यसबाट पीडितहरुलाई आफ्नो रकम फिर्ता गर्न सकिने बतएका छन।

    प्रतिकृया दिनुहोस्